आजदेखि संसदमा बजेटबारे छलफल हुँदै

Samsad

काठमाडौं । आर्थिक वर्ष २०७५/७६ को बजेटका विषयमा आजबाट छलफल सुरु हुँदैछ ।

त्यसका लागि अहिले बिहान ११ बजे व्यवस्थापिका संसदको बैठक बस्दैछ । सरकारले ल्याएको बजेट संसदबाट पारित गर्ने संवैधानिक प्रावधानअनुसार छलफल सुरु गर्न लागिएको संसद सचिवालयले जनाएको छ ।

संसद सचिवालयका अनुसार प्रतिनिधिसभामा बिहीबार, शुक्रबार र आइतबार छलफल हुने छ भने अर्थमन्त्री डा. युवराज खतिवडाले आइतबार जवाफ दिने कार्यक्रम छ ।

राष्ट्रिय सभामा भने बजेटबारेको छलफल बिहीबार र शुक्रबार हुने बताइएको छ । प्रमुख प्रतीपक्ष दल नेपाली कांग्रेसले सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै ‘हावादारी’ को आरोप लगाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने यो बजेटलाई हावादारी भन्नु नै सबैभन्दा हावादारी कुरा भएको जवाफ दिएका छन् । सरकारले गत मंगलबार सार्वजनिक गरेको १३ खर्ब १५ अर्ब रुपैयाँको बजेटबारे छलफल सुरु हुने भएको हो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...