सरकार संघीयता असफल बनाउनेतर्फ : महतो

Rajendra mahato

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सरकार संघीयता असफल बनाउने गरी बजेट ल्याएको आरोप लगाएका छन् ।

‘प्रान्तलाई कर लगाउन पाउने अधिकारबाट बन्चित गरेर केन्द्रले सबै कर लगाउने र सबै आम्दानी राख्ने गरेपछि संघीयताको अर्थ के भयो ?’ महतोले प्रश्न गरे ‘संघीय संरचनालाई अधिकारविहीन बनाएर असफल बनाउने दिशातिर यो बजेट केन्द्रित छ । संघीयता बलियो बनाउन प्रान्तलाई पनि करको आम्दानी लिन पाउनु पर्ने व्यवस्था गर्नुपर्दथ्यो ।’

महतोले क्रान्तिकारी बजेट आउँछ भनिएको र रातो झोला बोकेर बजेट पढ्न आउँदा क्रान्तिकारी नै हो कि जस्तो लागेको थियो भन्दै झोलाभित्र क्रान्तिकारी नरहेको टिप्पणी गरे ।

यस्तै, उनले योजनाहरु थुप्रै राखिएका छन्, तर कार्यान्वयनको विश्वसनीय आधार बजेटले नदेखाएको बताए । सांसदलाई ४ करोड रुपैयाँ दिनु गलत भएको पनि महतोको भनाई छ ।

उनले भने ‘अझै पनि सांसदलाई दिइएको ४ करोड रुपैयाँ फिर्ता लिएर सांसदले भनेका योजना सरकारले सञ्चालन गर्ने प्रणाली बनाउनु राम्रो हुन्छ । यसले जिल्लामा झगडा मच्याउँछ । यो पैसाले सबैतिर योजना बाँड्न सकिन्न । सांसदलाई बदनाम पनि गराउने र काम पनि खासै नदेखिने हुने भयो । यसलाई रोक्नु राम्रो हुन्छ ।’

 

प्रतिकृया दिनुहोस