संविधान लेख्नु र निर्वाचन गराउनु कांग्रेसको सफलता : देउवा

Sherbahadur deuba15

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टहरु प्रजातन्त्रवादी हुनु कांग्रेसका लागि खुसीको कुरा भएको बताएका छन्। उनले दुई तिहाई बढी सांसदहरुको समर्थन पाएको बामगठबन्धन नेतृत्वको सरकारले ‘कुरा होइन, काम गरेर’ देखाउने बेला आएको बताए।

गणतन्त्र दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले लोकतान्त्रिक आचरणलाई व्यवहारबाटै पुष्टि गरेर देखाउन पनि सरकारलाई चुनौती दिए। लोकतन्त्र व्यवहारमा उतारेमात्र नेकपालाई विश्वास गर्न सकिने देउवाको भनाई थियो । उनले भने, ‘प्रतिपक्षको भूमिकामा रहेर सरकारलाई सहयोग गर्छौं तर, सरकारले लोकतन्त्रप्रति पूर्ण प्रतिबद्धता जनाउनुपर्छ । व्यवहारमा देखाउनुपर्छ ।’

देउवाले विकासका लागि बाह्य लगानी भित्र्याउन सरकारलाई सुझाव दिए । उनले बाह्य लगानी भित्र्याएर मुलुकलाई अघि नबढाए सात वटा प्रदेशलाई तलव÷भत्ता खुवाउन पनि समस्या पर्नेतर्फ सरकारको ध्यानाकर्षण गराए ।

देउवाले निर्वाचनमा पराजित भए पनि कांग्रेस नेतृत्वको सरकारले निर्वाचन गराउनु नै ठुलो उपलव्धी भएको बताए।

उनले आफैं संविधान लेख्ने नेपाली जनताको ७० वर्षदेखिको चाहना कांग्रेसले नै पूरा गरेको दाबी गरे । उनले पार्टीअनुकुलको नतिजा नआए पनि निर्वाचन सफतापूर्वक सम्पन्न हुनु कांग्रेसको ठूलो सफलता भएको दाबी पनि गरे।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...