काठमाडौंमा अन्तर्राष्ट्रिय कम्युनिष्ट सम्मेलन हुँदै

Maksbadi photon

काठमाडौं । कार्ल माक्र्स द्विशतवार्षिकी समितिको आयोजनामा माक्र्सवादका विविध पक्षबारे छलफल गर्न १५ वटा देशका कम्युनिष्ट नेताहरु नेपालमा भेला हुँदैछन्।

कार्ल माक्र्सको जन्म भएको दुई सय वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको सो समितिले यही जेठ १६ र १७ गते ‘माक्र्सवाद र समाजवाद’ विषयक अन्तर्राष्ट्रिय सेमिनार आयोजना गर्न लागेको हो ।

सोमबार आयोजक समितिका तर्फबाट कार्यक्रम संयोजन गरेका नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी दिए।
अन्तराष्ट्रिय सेमिनारको नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले जेठ १६ गते होटल याक एण्ड यतीमा उद्घाटन गर्नेछन्। कार्यक्रममा नेपालसहित १५ वटै देशका प्रतिनिधिले कार्यपत्रह? पेश गर्नेछन्।

नेपालका तर्फबाट दुईवटा कार्यपत्र पेश गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओलीले ‘नेपालको कम्युनिष्ट आन्दोलन र क्रान्तिकारी प्रक्रिया’का बारेमा कार्यपत्र प्रस्तुत गर्नेछन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले ‘आजको माक्र्सवाद र समाजवाद’बारे कार्यपत्र प्रस्तुत गर्नेछन्।

उद्घाटन समारोहमा प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष दाहाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्नेछन्। कार्यक्रममा १५ देशका ३५ जना र नेपालबाट २ सय जना प्रतिनिधि छलफलमा सहभागी हुने आयोजक समितिका सदस्य समिर सिंहले जनकारी दिए।

सेमिनारमा कम्युनिष्ट पार्टी अफ चाईना, सोसलिष्ट अलायन्स(अष्ट्रेलिया), कम्युनिष्ट पार्टी अफ बंगलादेश, रिभुलसनरी वर्कर्स पार्टी अफ बंगलादेश, सोसलिस्ट पार्टी अफ बंगलादेश, एमएलपीडी(जर्मनी), कम्युनिष्ट पार्टी अफ इण्डिया, कम्युनिष्ट पार्टी अफ इण्डिया(माले) लिवरेसन, जापनिज कम्युनिष्ट पार्टी, वर्कस पार्टी अफ कोरिया, लाओ पिपुल्स रिभ्युलसनरी पार्टी, कम्युनिष्ट पार्टी अफ रसियन फेडेरेसन, कम्युनिष्ट पार्टी अफ श्रीलंका, जेभीपी(श्रीलंका), कम्युनिष्ट पार्टी अफ भियतनामले भाग लिँदैछन् । त्यस्तै, ब्राजिल, दक्षिण अफ्रिका, जाम्बियाको कम्युनिष्ट पार्टीका प्रतिनिधिसहभागी हुँदैछन् ।

तत्कालिन नेकपा (एमाले), माओवादी केन्द्र, नेकपा (मसाल) र नेकपा (संयुक्त) चार दलले संयुक्त रुपमा कार्लमाक्र्सको द्धिशतवार्षिकी आयोजक समिति गठन गरेका थिए। हाल एमाले, माओवादी केन्द्रबीच पार्टी एकता भएको र तत्कालिन नेकपा संयुक्त समेत एकीकरण अघि माओवादी केन्द्रमा विलिन भइसकेकोले नेकपा र नेकपा (मसाल) आयोजक समितिमा छन्।

 

प्रतिकृया दिनुहोस