नेकपाको संसदीय दलमा ओली–प्रचण्डले यसरी मिलाए भागबण्डा

Prachanda meet kp oli

काठमाडौ‌ । नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलमा पूर्व घटकबाट दुई/दुई जना हुने गरी कार्य विभाजन गरिएको छ । अध्यक्षद्वय केपी ओली र प्रचण्डले शनिबार साँझ प्रतिनिधिसभा र राष्ट्रिय सभा संसदीय दलमा नेताहरूको कार्यविभाजन टुंग्याएका हुन्।

बालुवाटारमा भएको अध्यक्षद्वयबीचको छलफलले चार पदमा तत्कालीन दुई पार्टीका तर्फबाट दुई–दुईजना पर्ने गरी जिम्मेवारी टुंग्याइएको हो।

नेकपा संसदीय दलको उपनेता सुवास नेम्वाङ र राष्ट्रिय सभा संसदीय दलको नेता दीनानाथ शर्मा बनाउने सहमति ओली–प्रचण्डले गरेका छन्। गत हप्ता नै नेकपा संसदीय दलको नेतामा प्रधानमन्त्री ओली चयन भइसकेका छन्।

त्यस्तै, प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतक देव गुरुङ तथा सचेतक शान्ता चौधरीलाई बनाउने सहमती भएको छ। गुरुङ तत्कालीन माओवादीका तर्फबाट संसदीय दलको प्रमुख सचेतक थिए भने चौधरी एमालेबाट सचेतक थिइन्।

राष्ट्रिय सभाको प्रमुख सचेतक र सचेतक आज बस्ने ओली प्रचण्डको वैठकले टुंगो लगाउने बताइएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...