काठमाडौंमा अन्तर्राष्ट्रिय कम्युनिष्ट सम्मेलन हुँदै, बीस देशका नेता सहभागी हुने

Maxresdefault 5

काठमाडौं । कार्लमाक्र्सको जन्म द्धिसतवार्षिकीका अवसरमा काठमाडौंमा अन्तरराष्ट्रिय कम्युनिष्ट सम्मेलन हुने भएको छ । विभिन्न बीस वटा भन्दा बढी देशका कम्युनिष्ट नेताहरु सो भेलामा सहभागी हुने बताइएको छ ।

नवगठित नेकपा र नेकपा(मसाल) सम्मिलित कार्लमाक्र्स जन्म द्धिसतवार्षिकी आयोजक समितिको निमन्त्रणमा विभिन्न देशका कम्युनिष्ट नेताहरु नेपाल आउन लागेका आयोजक समितिका सदस्य एवं नेकपा मसालका नृेता समिर सिंहले जानकारी दिए ।

यही जेठ १६–१७ गते काठमाडौंमा आयोजना गर्न लागिएको ‘माक्र्सवाद र समाजवाद’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनीहरू नेपाल आउन लागेका हुन्।

एमाले–माओवादी एकताअघि नै पूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधव नेपालको संयोजकत्वमा कार्यक्रम आयोजना गरिएको थियो । सम्मेलनमा आयोजकका तर्फबाट नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले कार्यपत्र प्रस्तुत गर्नेछन्।

अरु देशले पनि सम्मेलनमा सहभागी हुने जानकारी दिने क्रम जारी रहेकाले २२ देशका पार्टी सहभागी हुने सम्भावना रहेको आयेजक समितिका सदस्य तथा नेकपाका केन्द्रीय सदस्य युवराज चौलागाईंले बताए। सम्मेलनमा ५० जना जति विदेशी र सय जना जति नेपाली गरी करिब डेढ सय जना सहभागी हुनेछन्।

नेपालमा संभवतः पहिलो पटक यस्तो अन्तर्राष्ट्रिय कम्युनिष्ट सम्मेलन गर्न लागिएको हो।

रुस, चीन, भियतनाम, भारत, श्रीलंका, जापान, जर्मनी, उत्तर कोरिया, भियतनाम, लाओस, बंगलादेश लगायत देशका कम्युनिष्ट पार्टीका नेताले सम्मेलनमा सहभागी हुने जानकारी दिइसकेका छन्।

‘नेपालमा हामीले निर्वाचन जितेर पहिलो पटक बहुमतको कम्युनिष्ट सरकार बनाउन सफल भयौं, त्यसैले नेपाल अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको एउटा केन्द्र हो भन्ने सन्देश दिन पनि यो सम्मेलन आयोजना गरिएको हो’, चौलागाईंले भने, ‘यो सफलता कसरी हासिल गर्यौं भन्ने अनुभव हामी विभिन्न देशका कम्युनिष्ट पार्टीसँग बाँड्न चाहन्छौं, साथै उनीहरूका अनुभव पनि सुन्न चाहन्छौं।’

चौलागाईंले सम्मेलनमा ओलीले नेपाली कम्युनिष्ट आन्दोलन र प्रचण्डले माक्र्सवाद र समाजवादबारे कार्यपत्र प्रस्तुत गर्ने बताए।

काठमाडौंको याक एण्ड यती होटलमा हुने सम्मेलनको खर्च नेकपाले ब्यहोर्ने जनाइएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...