नवगठित नेकपा भान्सा मिल्ने पुँजीवादीको एकता : चित्रबहादुर

Chitra kc.jpg11

 बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पूर्वएमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई कम्युनिष्ट पार्टी भन्न नमिल्ने बताएका छन्।

राष्ट्रिय जनमोर्चा रुपन्देहीको पाँचौं जिल्ला सम्मेलनलाई बुटवलमा सम्बोधन गर्दै अध्यक्ष केसीले कम्युनिष्टको आधारभूत सिद्धान्त छोडेकाहरुको एकतालाई कम्युनिष्ट एकता भन्न नमिल्ने जिकिर गरेका हुन्। नवगठित नेकपालाई झारपातहरु जम्मा भएको भन्दै झारपात जम्मा भएर कम्युनिष्ट पार्टी बन्न नसक्ने केसीले दाबी गरे।

‘यो एकता पुँजीवादीहरुको एकता हो। आधारभुत रुपमै कम्युनिष्ट सिद्धान्त परित्याग गर्नेहरुले आफुलाई कम्युनिष्ट भनेर जतिमाथि उफ्रिए पनि उनीहरु कम्युनिष्ट होईनन्’ केसीले भने। उनले विचार मिल्नेहरुको एकता भएकोमा त्यो स्वागत योग्य भएको टिप्पणी गरे। भातभान्सा मिल्नेहरु अलग अलग बस्न जरुरी नरहेको भन्दै अध्यक्ष केसीले एमाले माओवादी एकताको विरोध गर्न आवश्यक नरहेको बताए।

केसीले नेपालमा संघीय प्रणाली २ नम्बर प्रदेशबाट असफल हुन सुरु गरेको दाबी गर्दै देश सफल हुन संघीयता असफल हुनैपर्ने जिकिर गरे। केसीले भने, ‘संघीयता र देश दुईटै एकैचोटी सफल हुन सक्दैन, लेखेर राख्नुस् संघीयता सफल हुनु भनेको देश नरहनु हो।’

उनले संघीयताको आडमा तराईबाट हिमाल र पहाडलाई अलग गराउने षडयन्त्र भैरहेका भन्दै यसबाट सचेत हुन आग्रह गरे। अध्यक्ष केसीले स्थानीय तहलाई अझै बलियो बनाउनुपर्ने र प्रदेशको संरचना खारेज गर्नुपर्ने तर्क पनि गरे।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...