सरकारको कमजोरी पत्ता लगाएर प्रहार गर्नुस् : पौडेल

Ram chandra.jpg11

काठमाडौँ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको कमजोरी पत्ता लगाएर त्यस विरुद्ध प्रहार गर्नुपर्ने बताएका छन् ।

नेपाल सांस्कृतिक संघले पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पौडेलले सरकारले कमजोरी गर्ने बित्तिकै त्यसका विरुद्ध प्रहार गर्नुपर्ने बताएका हुन्। ‘अध्ययन गरेर, दिमाग खियाएर, व्यंगात्मक ढंगले कम्युनिष्टहरुका कमजोरी पत्ता लगाएर अघि बढ्ने अवस्था आएको छ,’ भातृ संगठनहरुलाई निर्देशन दिंदै उनले भने ।

पौडेलले पार्टीको हारको कारण खोज्नुपर्ने पनि बताए । दुई पार्टी मिल्दा कांग्रेसले निर्वाचनमा पराजित हुनु परेको निहुँमा उम्किन नमिल्ने उनको भनाई थियो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले भोगेको पराजयको लेखाजोखा गर्नैपर्ने जिकिर गर्दै उनले भने हारको कारण आफूभित्रैबाट नियाल्नुपर्नेमा जोड दिए ।

‘चुनावमा कहाँ कमजोरी भयो, कुन पाटपुर्जा कमजोर भयो भन्ने बारेमा लेखाजोखा हुनैपर्दछ,’ नेता पौडेलले भने, ‘ढाकछोप गरे पार्टी फेरि पनि हार्छ।’
नेता पौडेलले नेपालमा काँग्रेस र कम्युनिष्ट बीचको लडाईमा काँग्रेसले जित्नुपर्ने दावी समेत गरे।

कार्यक्रममा कांग्रेसका उपसभापति विमलेन्द्र निधिले दुई कम्युनिष्ट पार्टीको एकीकरणबाट कांग्रेस तरंगित हुनुपर्ने अवस्था नरहेको बताए । कांग्रेस एकतावद्ध भएर अघि बढे कम्युनिष्टहरुले केही गर्न नसक्ने उनको भनाई थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...