सरकारको नीति तथा कार्यक्रम छ्यासमिसे ‘क्वाँटी’ जस्तो

Rashtriya sabha1

काठमाडौँ । राष्ट्रिय सभामा प्रतिपक्षी दलका सांसदहरूले सरकारको नीति तथा कार्यक्रम लक्ष्यहीन र अस्पष्ट भएको बताएका छन् । बिहीबारको बैठकमा विपक्षी दलका सांसदहरुले नीति तथा कार्यक्रमको आलोचना गर्दै त्यसमा संशोधन गर्न माग गरेका छन् ।

नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले सबै कुरा छ्यासमिस गरेर ल्याइएकाले नीति तथा कार्यक्रमलाई ‘क्वाँटी’ जस्तो भएको बताए । राज्य पुनस् संरचनापछि पहिलोपटक आएको नीति तथा कार्यक्रमले संघीयताको मर्मलाई स्विकार्न नसकेको भन्दै उनले प्रदेश र स्थानीय तहलाई बलियो बनाउने गरी बजेट आउनुपर्ने उल्लेख गरे । दोहन भइरहेको चुरे संरक्षणको कुरा उठिरहेका बेला सरकारले चुरेमै नयाँ लोकमार्ग बनाउन गरेको घोषणाले पार्न सक्ने वातावरणीय असरबारे सचेत बन्नसमेत अधिकारीले आग्रह गरे ।

कांग्रेसका सांसदहरूले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपतिले प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र सांसदहरूलाई सम्मानजनक शब्द प्रयोग नगरेको भन्दै आपत्ति जनाए । सांसद सुरेन्द्रराज पाण्डेले राष्ट्रपतिले प्रयोग गरेको भाषामा संशोधन हुनुपर्ने प्रस्ताव नै दर्ता गराएका छन् ।

राजपा सांसद वृषेशचन्द्र लालले संविधानप्रतिको असन्तुष्टि सम्बोधन नगरिएसम्म मुलुकमा स्थिरता र शान्ति कल्पना गर्न नसकिने उनले उल्लेख गरे । उनले नीति तथा कार्यक्रममा संविधान संशोधनको विषयलाई बेवास्ता गरिएको, संघीय संरचनाअनुसार साधन स्रोत वितरणको चर्चा नगरिएको टिप्पणी गरे ।

फोरम सांसद प्रमिला कुमारीले पनि संविधान संशोधनको विषय नीति तथा कार्यक्रममा नपरेको प्रति आपत्ति जनाइन् । उनले उक्त विषय राख्नका लागि संशोधन प्रस्ताव दर्ता गराएकी छन् । उनले मधेसका लागि विशेष आर्थिक प्याकेज ल्याइनुपर्ने एवं जनसंख्या र मानव विकास सूचकांकका आधारमा बजेट उपलब्ध गराउनुपर्ने माग गरिन् । नीति तथा कार्यक्रम संघीयताप्रति अनुदार रहेको भन्दै उनले प्रादेशिक अधिकार हस्तान्तरणको विषय समावेश गर्न माग गरिन् ।

सत्तारूढ दलका सांसदहरूले भने नीति कार्यक्रममा सरकारको बचाऊ गरेका थिए । नेकपाका सांसद दीनानाथ शर्माले कार्यक्रम संविधानको मर्म र भावनाअनुसार आएको बताए । उनले विगतमा यथास्थितिमा रमाउने सरकार रहेको र यतिबेला सपना देख्ने सरकार रहेकाले ‘भिजनरी’ नीति तथा कार्यक्रम आएको दाबी गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...