नेकपाको केन्द्रीय समितिको पहिलो बैठक आज

Ncp meet

काठमाडौं । नवगठित नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको अनौपचारिक बैठक बिहीबार काठमाडौंमा बस्ने भएको छ । पार्टी एकीकरण भएपछि बस्न लागेको यो पहिलो बैठक हो ।

बैठकलाई अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले संयुक्त सम्बोधन गर्नेछन् । अपरान्ह ४ बजे बालुवाटारमा नागरिकताको सक्कल प्रतिसहित उपस्थित हुन केन्द्रीय सदस्यहरुलाई सूचित गरिएको छ । निर्वाचन आयोगमा नागरिकताको सक्कल प्रति पेश गर्नु पर्ने भएकाले नागरिकता मागिएको हो ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपाका केन्द्रीय सदस्यहरुलाई अध्यक्षद्धयले पहिलो पटक सम्बोधन गर्न लागेका हुन् । नेकपाका केन्द्रीय कमिटीका ४४१ सदस्यको नाम मंगलबार सार्वजनिक गरिएको थियो ।

पार्टी बिधान र नियमावली तयार नभइसकेको अवस्थामा केन्द्रीय सदस्यहरुको अनौपचारिक बैठक बोलाइएको हो । बिधान र नियमावली प्रकाशन भएपछि एजेण्डासहित बैठक बोलाइने नेकपाले जनाएको छ ।

पूर्व घटकका विधान तथा नियमावली समायोजन गर्न नेता भिम रावलको संयोजकत्वमा यसअघि एक समिति निर्माण गरिएको थियो । समितिलाई १५ दिनभित्र विधान समायोजन प्रतिवेदन दिन भनिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...