प्रदेश २ सरकारलाई दिएको समर्थन फिर्ता लिने नेकपाको तयारी

Lal babu raut gaddi

काठमाडौ‌ । नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसँग रुष्ट देखिएको छ । नेकपाले राउत नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेको छ।

तत्कालीन एमाले संसदीलय दलका नेता सत्यनारायण मण्डलले प्रदेश २ मा विपक्षी भए पनि प्रदेशको समृद्धि र शान्तिका लागि समर्थन गरेको उल्लेख गर्दे सरकारका तर्फबाट अपमानित हुनुपरेकाले समर्थन फिर्ता लिन छलफल शुरु भएको बताए ।

प्रदेश २ का सभामुख सरोज यादवले प्रमुख प्रतिपक्षी दलको मान्यता कांग्रेसलाई दिएपछि रुष्ट बनेको तत्कालीन एमाले नेकपा गठनपश्चात फिर्ता लिने तयारीमा लागेको हो ।

नेकपा प्रशेद २ मा पनि सबैभन्दा ठूलो शक्ति हो । उसको ३२ सिट छ । फोरमको २९, राजपाको २५ र कांग्रेसको १९ सिट छ ।

संघीय समाजवादी फोरम र राजपाको गठबन्धन सरकारले तत्कालीन एमाले र माओवादी केन्द्रको समर्थन प्राप्त गरी बहुमतसिद्ध गरेको थियो । दुवै दलले सरकारलाई समर्थन गरेपछि बाहिर रहेको एक मात्र दल कांग्रेसले प्रमुख प्रतिपक्षीको माग गर्दे दुईपटक संसद् वैठक अबरुद्ध गरेको थियो ।

मुख्यमन्त्री राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला विपक्षीलाई वेवास्ता गरी व्यवस्थापन गरेको र राउतकै कारण प्रदेशको नाम वदनाम भइरहेको आरोप लाग्न थालेको छ ।

प्रतिकृया दिनुहोस