फेरी आन्दोलन गर्ने राजपाको चेतावनी

Rajapa neta

काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेताहरुले संविधान संशोधन गर्न दसरकारलाई दबाब दिन फेरी आन्दोलन गर्ने चेतावनी दिएका छन् । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुरेर आफुहरु पुनः आन्दोलनको तयारीमा लागेको राजपा नेताहरुले जानकारी दिएका हुन् ।

राजपा अध्यक्ष मण्डलका सदस्यहरुको टोली मंगलबार बेलुका बालुवाटार पुगेर प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डुसाम’ आफुहरु पुनः आन्दोलनमा जाने जानकारी दिएका हुन्।

सरकारले संविधान संशोधन लगायतका आफ्ना मागलाई बेवास्ता गरेकोले आफुहरु प्रधानमन्त्रीको निवासमा उक्त कुराको ध्यानाकर्षण गराउन गएको राजपा अध्यक्ष मण्डल सदस्य शरदसिंह भण्डारीले बताए । राजपाका नेताहरु साँझ साढे ७ बजे प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए।

राजपाले संसद् सचिवालय पुगी नीति तथा कार्यक्रममा संशोधनसमेत दर्ता गराएको छ। राजपाले सरकारको नीति तथा कार्यक्रममा संविधान संशोधनको मूलभूत मुद्दा सम्बोधन नभएको भन्दै संशोधन दर्ता गराएको हो।

त्यसैगरी राजपाले ‘विभिन्न समयका आन्दोलनमा सहिद भएकाहरुका आश्रित परिवारलाई सरकारले भरणपोषणको व्यवस्था गरिनेछ’ भन्ने विषय नीति तथा कार्यक्रममा उल्लेख गरिनुपर्ने बताएको छ।

पार्टीको महाधिवेशन र संसदीय दलको चुनावको मिति टुंगो लगाउन राष्ट्रिय जनता पार्टीको राजनीतिक समितिको बैठक जेठ २५ गतेका लागि बोलाइएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...