नेकपाले संसदीय दलको विधान १५ दिनमा समायोजन गर्ने

Sansadiya dal ko baithak

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी संसीय दलको बैठकले पार्टीको विधान समायोजन गर्न समिति गठन गरेको छ ।

पार्टी एकतापछि मंगलवार पहिलो पटक संयुक्त रुपमा बसेको नेकपा संसदीय दलको बैठकले नेता भीम रावलको संयोजकत्वमा समिति गठन गरेको हो ।
समितिमा देव गुरुङ खगराज अपधिकारी, कृष्ण भक्त पोखरेल, रेखा शर्मा र राम नारायण विडारी सदस्य छन् । समितिले १५ दिनभित्र पार्टीको विधान समायोजन गर्नेछ ।

संसदीय दलको बैठकले सरकारले संसदमा पेश गरेको सरकारका नीति तथा कार्यक्रमको पक्षमा खुलेर लाग्न निर्देशन दिएको छ । संसदीय दलको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रभावकारी भूमिका खेल्न सदस्यहरुलाई निर्देशन दिएका थिए ।
बैठकले चुनावमा जनता सामु लगिएको घोषणा पत्र कार्यान्वयन गर्ने समेत निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...