केन्द्रीय कमिटीका सदस्यको नाम सार्वजनिक गर्ने नेकपाको तयारी

Kp prachnada 1

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय कमिटीका सदस्यको नाम सार्वजनिक गर्ने भएको छ । चार सय ४१ सदस्यीय केन्द्रीय कमिटी आज सार्वजनिक गर्न लागिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालय बैठकले सबै केन्द्रीय सदस्यको नाम टुंगो लगाइसकेको छ । आजै केन्द्रीय कमिटीको पूर्णसूची निर्वाचन आयोगमा बुझाइसकेपछि नामावली सार्वजनिक गरिने नेकपाले जनाएको छ । केन्द्रीय कमिटीमा तत्कालीन एमालेबाट दुई सय ४१ तथा माओवादी केन्द्रबाट दुई सय सदस्य छन् ।

पूर्वएमालेबाट एक सय ९६ जना साबिक केन्द्रीय सदस्य तथा ४५ नयाँ अनुहार समेटिएका छन् । माओवादीबाट ८६ जना केन्द्रीय सचिवालय र बाँकी साबिकको दुई सय ९९ सदस्यीय पोलिटब्युरो तथा पार्टी प्रवेश गरेकाहरूबाट समेटिएका पूर्व माओवादीले जनाएको छ ।

पूर्व माओवादीले झण्डै चार हजार केन्द्रीय सदस्यबाट दुई सयलाई केन्द्रीय सदस्यमा छनौट गरेको हो । नेकपाले तीन महिनाभित्र केन्द्रीय कमिटी मातहतका सबै कमिटी र जनवर्गीयसंगठनहरूको एकीकरण सम्पन्न गर्ने निर्णय गरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...