नेकपाका ६ केन्द्रीय सदस्य हेरफेर

झलनाथले भने ‘ममाथि अन्याय भयो’

Ncp meet

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा यसअघि सिफारिस गरिएका नेता मध्ये ६ जनाको नाम हेरफेर गरिएको छ । सोमबार बसेको सचिवालय बैठकले नाम हेरफेर गर्दै केन्द्रीय समितिलाई पुर्णता दिएको छ ।

पूर्वएमालेका तर्फबाट मनोनीत केन्द्रीय सदस्यको नाममा नेता भीमबहादुर रावलले असन्तुष्टि जनाएपछि उनकै सिफारिसअनुसार ७ नम्बर प्रदेशबाट ३ केन्द्रीय सदस्य हेरफेर गरिएको छ । अन्य ३ जनासहित सोमबार बसेको नेकपा केन्द्रीय सचिवालय बैठकले ६ जनाको नाम हेरफेर गरेको हो ।

यसअघि सार्वजनिक गरिएका पुण्य गौतम, साध्यबहादुर भण्डारी र दयालबहादुर शाही हटाएर राजेन्द्रसिंह रावल, लालबहादुर विक र दीपक देवकोटालाई मनोनीत गरिएको छ । त्यस्तै, स्थायी समितिका आमन्त्रित सदस्यको रिक्त स्थानमा केन्द्रीय कमिटीमा सोभियत ढकाल, उमा कोइराला र नारायण सिलवाललाई मनोनीत गरिएको छ ।

केन्द्रीय कमिटी सदस्यको पूर्णसूची निर्वाचन आयोगमा बुझाइसकेपछि मंगलबार सार्वजनिक गर्ने तयारी छ । केन्द्रीय कमिटीमा तत्कालीन एमालेबाट २४१ तथा माओवादी केन्द्रबाट २०० सदस्य छन् । पूर्वएमालेबाट १९६ जना साबिक केन्द्रीय कमिटी तथा ४५ नयाँ अनुहार समेटिएका छन् भने माओवादीबाट ८६ जना केन्द्रीय सचिवालय र बाँकी साबिकको २९९ सय सदस्यीय पोलिटब्युरो तथा पार्टी प्रवेश गरेकाहरूबाट समेटिएका छन् ।

नेकपाले अर्को बैठकबाट स्थायी समिति सदस्यको नाम टुंगो लगाउने जनाएको छ । दुवैतर्फबाट समेट्ने ४५ जनाकै सूची तयार भइसके पनि अर्को बैठकबाट मात्र स्थायी समिति गठन गर्ने समझदारी सोमबारको बैठकमा भएको हो ।

नेकपाको स्थायी समितिमा पूर्वएमालेबाट चार नेताको बढुवा गर्ने अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच समझदारी भएको छ । तत्कालीन पार्टीमा पोलिटब्युरो सदस्य रहेका बेदुराम भुसाल, रघुजी पन्त र विष्णु रिमाल साथै केन्द्रीय सदस्य एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई स्थायी समिति सदस्यमा मनोनीत गर्ने समझदारी भएको हो ।

४५ सदस्यीय स्थायी समितिमा पूर्वएमालेका तर्फबाट २६ जनामध्ये अमृतकुमार बोहरा, केशव बडाल, सोमनाथ प्यासी आमन्त्रित सदस्यका रूपमा रहने भएपछि रिक्त पदमा उनीहरूलाई मनोनीत गर्न लागिएको केन्द्रीय सचिवालयका एक सदस्यले बताए । अर्का आमन्त्रित सदस्य डा। पुष्प कँडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएकाले राजीनामा दिइसकेका छन् ।

झलनाथले भने ‘ममाथि अन्याय भयो’
नेकपाको ‘हाइकमान्ड’ बैठकमा वरिष्ठ नेता झलनाथ खनालले आफूमाथि वरीयताक्रममा अन्याय भएको भन्दै सच्याउन ध्यानाकर्षण गराएका छन् । ‘मैले ममाथि वरीयताक्रममा भएको अन्यायबारे खुलेर कुरा राखेको छु,’ खनालले भने, ‘अहिलेको वरीयताक्रम मान्य छैन, त्यसैले पुनर्विचार गरेर सच्याइनुपर्ने ध्यानाकर्षण गराएको छु ।’ खनालको ध्यानाकर्षणपछि अध्यक्षद्वय ओली र प्रचण्डले अर्को बैठकमा त्यसबारे छलफल हुने बताएका थिए । एकीकृत पार्टीको अध्यक्षद्वयपछि दोस्रो वरीयतामा पूर्वप्रधानमन्त्री माधव नेपाललाई राखेकोमा खनालको असन्तुष्टि छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...