१५ दिन भित्र एकताको खाका दिन जवसका ईन्चार्जलाई जिम्मेवारी

Ncp meet

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालय बैठकले पार्टीका तल्ला कमिटि तथा जनवर्गिय संगठनको एकताका लागि सुझाव दिन छुट्टाछुट्टै समिति गठन गरेको छ ।

सोमबार बसेको सचिवालय बैठकले सात वटै प्रदेश र प्रवासको समेत एकीकरणका लागि सहजीकरणका गर्न पूर्वघटकका इन्चार्ज र सह इन्चार्जहरु सम्मिलित चार/चार सदस्यीय समिति बनाउने निर्णय गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

यस्तै, बैठकले जनवर्गीय संगठनहरुको एकीकरण सहज बनाउन सुझाव दिने गरी पूर्व घटकका जवस मोर्चाका ईन्चार्ज र सह–ईन्चार्जहरु रहेको समिति बनाउने निर्णय पनि गरेको छ । ती समितिहरुलाई सुझाव दिन १५ दिनको समयसीमा दिइएको छ।

नेकपाको केन्द्रयि समितिले पूर्णता पाएको छ। सचिवालय बैठकले ४ सय ४१ सदस्यीय केन्द्रीय समितिलाई अनुमोदन गरेको छ । बैठकले केन्द्रीय सदस्यलाई पूर्णता दिनुका साथै केन्द्रीय कार्यालयको टुंगो लगाउने जिम्मेवारी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिने निर्णय पनि गरेको छ।

बैठकले पार्टीको विधानलाई पूर्णता दिन नियमावली मस्यौदा समिति समेत गठन गरेको छ। महासचिव विष्णु पौडेलको नेतृत्वमा नेताहरु देव गुरुङ, वेदुराम भुसाल र खिमलाल देवकोटा रहेको नियमावली समिति गठन गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

यस्तै बैठकले वैचारिक र सैद्धान्तिक दस्ताबजेलाई प्रकाशन गर्ने निर्णय पनि गरेको छ।

प्रतिकृया दिनुहोस