सरकार दमनको बाटोमा अघि बढे हातमा दही जमाएर बस्दैनौं : निरौला

Nepal samajwadi congress press  meet

काठमाडौं । नेपाल समाजवादी कांग्रेसका महासचिव निरौलाले सरकार निरंकुसताको बाटोमा हिडेको आरोप लगाएका छन् । उनले केपी ओली नेतृत्वको सरकार राष्ट्रघाती भएको आरोपसमेत लगाए ।

महासचिव निरौलाले पछिल्ला दिनमा सरकारका गतिविधिसमेत शंकासपद भएको आरोप लगाए । सोमबार सो पार्टीले गरेको पत्रकार सम्मेलनमा निरौलाले सरकार एकरत्ति पनि राष्ट्रवादी नबनेको र सरकारले यस्तै परे देश बेच्न पछि नपर्ने आरोप लगाए ।

‘यो सरकारले जनताका आधारभूत अधिकारको समेत ख्याल गरेन’ उनले भने, ‘अब हामी सरकारविरुद्ध कडा तर शान्तिपूर्ण ढंगले आन्दोलन गर्छौ । अब हामी चुप लागेर बस्दैनौं । यदी सरकार दमनको बाटोमा अघि बढे हामी हातमा दही जमाएर बस्दैनौं ।’

सो पार्टीले बैशाख २८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा मोदीको विरोधमा ५२ स्थानमा पर्चा वितरण गरेको थियो । त्यो लगत्तै प्रहरीले सो पार्टीको कार्यालयबाट केन्द्रिय सदस्य पार्वती थापासहित अन्यलाई गिरफ्तार गरेको थियो । गिरफ्तार सबै कार्यकर्तालाई ६ दिनपछि रिहा गरेको थियो ।

सो दिन प्रहरी नेपाल समाजवादी कांग्रेस वानेश्वरस्थित पार्टी कार्यालयमा ताला फोडेर कार्यालयमा भएका सम्पूर्ण कागजपत्रसमेत लगेको थियो । त्यसयता बन्द रहेको सो पार्टीको कार्यलय पनि आजै पत्रकार सम्मेलन गरेर खोलेको छ ।

आन्दोलनको घोषणा
यता, नेपाल समाजवादी कांग्रेसले संघीयता, धर्म निरपेक्षता र भ्रष्टचारविरुद्ध आन्दोलनको घोषणा गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी देशमा व्यापक भ्रष्टचार बढेको र त्यसका लागि आन्दोलन जरुरी भएको भन्दै आन्दोलनको घोषणा गरेको हो ।

सो पार्टीका अध्यक्ष विमलप्रसाद यादवले राष्ट्रिय समृद्धिका लागि संवैधानिक प्रजातन्त्र र हिन्दुराज्यको स्थापना जरुरी भएकाले त्यसका लागि आन्दोलनको घोषणा गरिएको बताए ।

उनले हाल देशमा बढ्दै गएको अराजकता र भ्रष्टचार रोक्न पनि आन्दोलन अपरिहार्य भइसकेको बताए । अध्यक्ष यादवले सरकार पछिल्लो समयमा दमनकारी बाटोमा लागेकाले यो सरकारबाट जनताले अधिकार पाउन नसक्ने बताए ।

सो पत्रकार सम्मेलनमा सो पार्टीका महासचिव गोविन्द निरौलाले सरकारले शान्तिपूर्ण आन्दोलन गर्नसमेत रोकेको आरोप लगाए । उनले शान्तिपूर्ण आन्दोलन गर्न खोज्दा आफ्नो पार्टी कार्यालयमा सरकारले धरपकड गरेकोमा आपत्ति जनाए ।

सो पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य पार्वती थापाले आफु कार्यालयमा बसिरहेको समयमा प्रहरी आएर अपराधी शैलीमा गिरफ्तार गरेको बताइन् । उनले आफुलाई सरकारले गिरफ्तार गरे पनि कहिले विचलित नभएको बताइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...