सरकारले २ नम्बर प्रदेशका मुख्यमन्त्रीको अमेरिका भ्रमण किन गर्यो अस्विकृत ?

Lal babu raut gaddi

काठमाडौँ । २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमण कार्यक्रम सरकारले अस्वीकृत गरेको छ ।

२ नम्बर प्रदेशको आर्थिक वर्ष २०७५/७६ को बजेट र नीति तथा कार्यक्रम तयार गर्नुपर्ने भएकाले भ्रमणमा जान अनुपयुक्त देखिएकाले भ्रमण अस्वीकृत गरिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

जनरल कन्भेन्सन अफ मधेसी एसोसिएसन अफ अमेरिकाको निम्तोमा राउत अमेरिकामा जाने तयारीमा थिए ।

राउत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा आन्तरिक राजनीतिका विषय मोदी समक्ष गरेर विवादमा तानिएका थिए । उनले मधेशलाई संविधानले बेग्लै व्यवहार गरेको र आफुहरु अझै पनि संघर्षमै रहेको भाषणा गरेका थिए ।

मुख्यमन्त्री राउत नेपालको संविधान समाबेशी छैन भन्ने कुरा अन्तर्राष्ट्रिय मञ्चमा उठाउन चाहन्छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...