स्थायी र केन्द्रीय सदस्य छान्न नेकपालाई सकस.

Ncp underline

काठमाडौं । नवगठित नेपाल कम्युनिष्ट पार्टीमा नेता व्यवस्थापन गर्न अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाललाई हम्मे–हम्मे परेको छ ।

नेकपामा ४५ जनाको स्थायी समिति र ४ सय ४१ जनाको केन्द्रीय समिति बनाउने सहमती भएको छ । तर, आकांक्षीहरु धेरै भएपछि छनौट गर्न नेतृत्वलाई सकस परेको हो ।

तत्कालीन एमालेबाट २४१ र माओवादीबाट २०० केन्द्रीय सदस्य मिलाएर नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटी बनाउने अन्तिम तयारी छ । एमालेको विघटित केन्द्रीय समिति दुई सय जनाको रहेकाले पूर्व एमालेको भागमा परेका थप ४१ जना छनौट गर्नुपर्नेछ भने माओवादी केन्द्रको विघटित समितिमा चार हजार जनाको रहेकोले सोही समितिबाट २ सय जना छनौट गर्नुपर्नेछ ।

तत्कालीन एमालेबाट थपिने ४१ जना केन्द्रीय सदस्यमा एक सयभन्दा बढी नेता आकांक्षी देखिएका छन् । अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई अन्तिम टुंगो लगाउने जिम्मेवारी दिइएको छ ।

अहिलेसम्म रोस्टरमा खगराज अधिकारी, आनन्दप्रसाद पोखरेल, गोकुल बाँस्कोटा, विष्णु रिजाल, शिव गुरुङ, महेश बस्नेत, नीरज आचार्य, विनोद ढकाल, कृष्ण थापा, भूमिश्वर ढकाल, उर्वादत्त पन्त, दामोदर भण्डारी, जगन्नाथ थपलिया, देवी ज्ञवाली, राजेन्द्र गौतम, नेत्र पन्थी, रामेश्वर फुयाँल, दिलु पन्त, नारदमुनि राना, राजीव पहारीलगायतको नाम छ ।

तत्कालीन माओवादीलाई स्थायी समितिमै सकस
नेकपामा स्थायी कमिटीका ४५ जनामा तत्कालीन एमालेबाट २६ र माओवादीबाट १९ जना रहनेछन् । तत्कालिन माओवादी केन्द्रलाई १९ जनाको नाम टुंगो लगाउन मुस्किल परिरहेको छ ।

अहिलेसम्म देवप्रसाद गुरुङ, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, अग्निप्रसाद सापकोटा, जनार्दन शर्मा, पम्फा भुसाल, मात्रिका यादव, शक्तिबहादुर बस्नेत, अमिक शेरचन, लेखराज भट्ट, जयपुरी घर्ती, देवेन्द्र पौडेल, राम कार्की, मणि थापा, उर्मिला अर्यालको नाममा छलफल भइरहेको एक नेताले बताए । त्यसैगरी, कुलप्रसाद केसी, हितमान शाक्य, चक्रपाणि खनाल, तिलक परियार, हितराज पाण्डे, दिनानाथ शर्मालगायत नेताबाट स्थायी कमिटी सदस्य छान्ने तयारी भएको छ ।

स्थायी समिति सदस्य चयनका लागि अध्यक्ष प्रचण्ड, नेताहरु रामबहादुर थापा र नारायणकाजी श्रेष्ठलाई जिम्मा दिईएको ति नेताले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...