‘कम्युनिष्टहरुका लागि राष्ट्रियता सत्तामा पुग्ने भर्याङ मात्र’

Congress leaders

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले देशका राष्ट्रियताको जगेर्ना कांग्रेसले मात्रै गर्न सक्ने दाबी गरेका छन् । कम्युनिष्टहरुका लागि राष्ट्रियताको कुरा सत्तामा पुग्ने भर्याङ मात्र भएको उनीहरुको आरोप छ ।

कांग्रेसका सह-महामन्त्री डा प्रकाशशरण महतले नेपालका कम्युनिस्टहरुको चरित्रले राष्ट्रियता कमजोर बन्ने खतरा रहेको बताएका छन् । कम्युनिस्ट पार्टीहरुको कुटनैतिक टेवलमा कुनै कुरा नगर्ने तर सडकमा चर्का कुरा गर्ने चरित्रले मुलुकको राष्ट्रियतामाथि आँच आएको समेत उनको दाबी छ ।

नेपाल तरुण दल ओखलढुंगा जिल्ला समितिले गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले कम्युनिस्ट पार्टीहरुले सत्तामा पुग्नमात्र राष्ट्रियताको कुरा उठाउने गरेको इतिहास र बर्तमान दुबैले पुष्टि गरेको बताए । ‘हिजो सत्तामा नहुँदा भारतसंगको सम्बन्धमा समस्या मात्रै देख्नेले सत्तामा पुग्नासाथ कुनै समस्या नदेख्नु के राष्ट्रवादी चरित्र हो त ?’ उनले प्रश्न गरे ।

यता, कांग्रेसका नेता एवं पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रिय अस्तित्वको रक्षा, राष्ट्र, सार्वभौमसत्ताको रक्षा नेपाली कांग्रेसले मात्रै गर्न सक्ने दाबी गरेका छन् ।

शनिबार काभ्रेपलाञ्चोकको बनेपामा नेपाल शिक्षक संघ काभ्रेले संघको २९औँ स्थापना दिवसको अवसरमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले चुनाव जित्नु र हार्नु, सरकार बन्ने र नबन्ने ठूलो कुरा नभएको र मूल्य र मान्यताको रक्षा गर्न सक्नुपर्ने बताए । उनले एमाले र माओवादीलाई लोकतान्त्रिक बाटोमा हिँडाउने काम नेपाली कांग्रेसले गरेको दाबी गरे ।

सरकारको शुरुवाती दिनबाट नै शिक्षक, प्रशासनलगायतलाई तर्साउने काम गरेकाले त्यसले राम्रो नगर्ने उनको भनाइ छ ।

यस्तै, काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारलाई दुई तिहाईको दम्भ नदेखाउन चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश नं. २ का नवनिर्वाचित पदाधिकारीलाई वीरगन्जमा प्रमाणपत्र वितरण गर्दै उपसभापति निधिले दुइतिहाईको दम्भ देखाउनुभन्दा संघीय प्रणालीलाई बलियो बनाउन केन्द्र सरकारलार्ई सुभाव दिए ।

नेता निधिले मुलुकमा अहिले सबै दल लोकतान्त्रिक हुनुलाई नेपाली राजनीतिको सबैभन्दा ठूलो उपलब्धि भएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...