सरकार अरुबाट नियन्त्रित र निर्देशित हुँदैन : प्रधानमन्त्री ओली

विपक्षीलाई कमजोर नआँक्नुस् : प्रचण्ड

Prachanda oli

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार राष्ट्रियताका सवालमा सचेत रहेको बताएका छन् । शनिबार नवगठित नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेता चयन भएपछि संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अरुबाट नियन्त्रित र निर्देशित भएर सरकार नचल्ने भन्दै उनले राष्ट्रिय स्वभिमानमा आँच आउन नदिने स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले राष्ट्रियता, सार्वभौमसत्ता, स्वाधिनता लगायत आन्तरिक मामिलामा स्वतन्त्र राष्ट्रको हैसियतको सरकारले काम गर्ने स्पष्ट पारे। सार्वभौम समानताका आधारमा छिमेकी राष्ट्रसंगको सम्बन्ध कायम रहने उनले उल्लेख गरे । उनले लामो समयदेखि विराटनगरमा भारत सरकारले स्थापना गरेको सम्पर्क कार्यालय अब नरहने विश्वास दिलाए।

प्रधानमन्त्री ओलीले मुलुकलाई अघि बढाउन औचित्यका आधारमा संविधान संसोधन गर्ने पनि बताए । नेकपाका अध्यक्ष प्रधानमन्त्री ओलीले राष्ट्र विकासको साझा संकल्प पुरा गर्ने सवालमा संविधान संसोधन गरिने बताएका हुन्। सबै दृष्टिले सबै भन्दा ठुलो लोकतान्त्रिक पार्टी नेकपा भएको भन्दै उनले नेपाली कांग्रेसलाई नआत्तिन आग्रह गरे।

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सांसदहरुलाई विपक्षीलाई कमजोर नठान्न निर्देशन दिए। उनले विपक्षीले आफूहरुका सानाठूला गल्तीलाई औंल्याएर बस्ने भएकोले राम्रो भूमिका निर्वाह गर्न आग्रह गरे। साथै प्रचण्डले पार्टी एकता असाधारण घटना भएकोले अव विकास निर्माणका काममा ध्यान दिनुपर्ने बताए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...