उर्जामन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता

Chinese2

काठमाडौँ । एमाले र माओवादी एकताको संघारमा रहिरहेका बेला चीनले सक्रियता बढाएको छ । आज उर्जा, सिंचाई तथा जलस्रोतमन्त्री वर्षमान पुन अनन्तलाई सिंहदरबारस्थित मन्त्रालयमा पुगेर चिनियाँ राजदूत यु होङले भेटेकी छन् ।

राजदूत होङले दुई वाम पार्टीबीच एकीकरण हुन लागेको समाचारले त्यसबाट देशको आमुल विकास र स्थायित्वमा सहयोग पुग्ने अपेक्षा राखेको मन्त्री अनन्तको सचिवालयले जनाएको छ । राजदूत होङले उर्जा र जलविद्युतको क्षेत्रमा सहकार्य गर्न चीन इच्छुक पनि बताइन् ।

भेटवार्तामा द्धिपक्षिय हितका साथै उर्जा क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको थियो भने मन्त्री अनन्तले नयाँ सरकारले चीनबाट लगानी र सहयोगको अपेक्षा राखेको बताएका थिए ।

त्यस्तै, उर्जामन्त्री अनन्त र नेपाल भ्रमणमा रहेका चीनको सिचुवान प्रान्तका उपगर्भनर पेङ युसिङसँग पनि भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित उर्जामन्त्रालयमा बिहीबारको भेटवार्तामा द्धिपक्षिय हितका विषयमा छलफल भएको छ ।

उर्जामन्त्री अनन्तले नयाँ सरकारको प्राथमिकता विकास र समृद्धि रहेको भन्दै त्यसका लागि नेपालमा चिनियाँ लगानी आवश्यक रहेको बताए । उनले नेपालमा लगानीको वातावरण रहेको भन्दै चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्ने वातावरण बनाइदिन आग्रहसमेत गरे ।

मन्त्री अनन्तले चीनसँग नेपालले गत वर्ष नै विआरआईमा हस्ताक्षर गरिसकेको उल्लेख गर्दै आगामी दिनमा समेत दुई देशबीचको सम्बन्ध अझै मजबुत बन्ने विश्वास व्यक्त गरे । ‘हामी चीनले गरेको विकास र समृद्धिबाट लाभ लिन चाहन्छौँ, विआरआईअन्र्तगत पनि थुप्रै परियोजनामा हाम्रो सहकार्य हुँदैछ, यसले पनि आगामी दिनमा हाम्रो सम्बन्ध मजवुत बन्नेछ’ मन्त्री पुनले भने ।

भेटमा उनले हाल नेपालको १ हजार मेगावाट विजुली उत्पादन गर्ने क्षमता भएपनि उर्जामन्त्रालयले आगामी ५ वर्षमा ५ हजार र १० बर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य राखेको बताए ।

प्रतिकृया दिनुहोस