मोदीको अभिनन्दनप्रति प्रदेश ७ मा आक्रोश

'भारतबाट लेफ्ट राईट गर्दै सेना आयो, झण्डा फेरियो, देश उतै गाभ्ने कुरा भयो, हाम्रो सरकार खोई ?'

Pradesh no 7

धनगढी । प्रदेश नं ७ का सांसदहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा राष्ट्रियताको खिल्ली उडाईको भन्दै आपत्ति जनाएका छन् ।

बुधबारबाट सुरु भएको प्रदेशको दोस्रो अधिवेशन सभामुख अर्जुन बहादूर थापा गृह जिल्लामा भएपछि उपसभामुख निर्मला बडाल जोशीले बैठक संचालन गरिन्।

बैठकमा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा राष्ट्रियताको खिल्ली उडाईएको भन्दै आलोचना भएको हो । संसद बैठकमा बिशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका प्रदेश सभा सदस्य रणबहादूर रावलले नाकावन्दी लगाएर नेपाली जनतालाई दुःख दिने भारतीय प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन गराएको भन्दै बिरोध जनाए। उनले दुनियाँले नेपाली सेनाको महिमा गाएका बेला भारतका प्रधनमन्त्रीको सुरक्षाका लागि भन्दै उतैबाट सेनाको पल्टन आएको घटनामा नेपाल सरकार चुप लागेर बसेकोमा आपत्ति जनाए।

‘भारतको सेना लेफ्ट राईट गर्दै नेपाल आयो, नेपालको झण्डाको आकार प्रकार फेरियो, हुदा हुदा जनकपुर भारतमा गाभ्ने कुरा आयो, यति हुदा पनि सरकार केहि बोल्दैन, यो देशमा सरकार छ की छैन ? खोई हाम्रो राष्ट्रियता ? राष्ट्रवादीको ख्याती कमाएका प्रधानमन्त्री कहाँ छन ?’ रावलले प्रश्न गरे।

यस्तै सत्ताधारी माओवादी केन्द्रका प्रदेश सभा सदस्य मानबहादूर धामीले नेपालको झण्डाको रुप फेर्नु र जनकपुरलाई भारतमा फिर्ता लैजाने भारतीय सांसदको अभिव्यक्तीप्रति घोर भत्सर्ना गरे ।

यस्तै प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले पदिय मर्यादा नराखेको बिषय पनि संसद बैठकमा उठेको छ। प्रदेश ७ को संसदले मर्यादा क्रम नमिलेको भन्दै संकल्प प्रस्ताव पास गरेका बेला मुख्यमन्त्री भट्टले संघिय सरकारका मन्त्रीलाई भेटेर प्रदेशका समस्या र गुनासा पोखेर आफै पदिय मर्यादा उलंघन गरेको आरोप लागेको हो।

मंंगलवार काठमाडौमा मुख्यमन्त्री त्रिलोचन भट्टले खानेपानी मन्त्री बिना मगरलाई ज्ञापन बुझाएका थिए। बुधवार बसेको दोस्रो संसद अधिवेशनको पहिलो बैठकमा बोलेका प्रदेश सभा सदस्यहरुले आगामी आर्थिक बर्षका लागि ल्याईने बजेट जनमुखी हुनुपर्ने धारणा पनि राखेका थिए ।

दोस्रो अधिवेशनको पहिलो बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले पुर्व बजेट छलफल प्रस्ताव पेश गरेका छन्।

यो सँगै बुधवारको बैठकमा बोलेका प्रदेश सभा सदस्यहरुले बैशाख ३० गते आएको हावाहुरी र पहाडी जिल्लामा भएको हिमपातका कारण जनधनको ठुलो क्षती भएको तर्फ सरकारको ध्यानाकर्षण गराउदै तत्काल राहत प्रदान गर्न माग गरेका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...