७ नं.प्रदेशका मुख्यमन्त्री भट्ट महत्वपूर्ण भेटघाटमा

Bina nv

काठमाडौँ ।  नं. प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले केन्द्र सरकारका मन्त्रीहरुसंग भेटवार्ता गरी महत्वपूर्ण छलफल गर्नु भएको छ ।

मंगलबार बिहान १० बजे काठमाडौँ पुगे लगत्तै केन्द्र सरकारका मन्त्रीहरुसंग द्धिपक्षिय हितका बारेमा छलफल गर्न भेटवार्ता गर्नु भएको हो । मुख्यमन्त्री भट्टले हिजै खानेपानी तथा सरसफाई मन्त्री बिना मगर,गृहमन्त्री राम बहादुर थापा बादल परराष्टमन्त्री प्रदिप ज्ञवाली,उर्जा तथा सिंचाई मन्त्री बर्षमान पुन र बन तथा बातावरण मन्त्री शक्ति बहादुर बस्नेतसंग भेटवार्ता  गरेका छन् ।

सिंहदरबारमा खानेपानी तथा सरसफाई मन्त्री मगरले मुख्यमन्त्री भट्टलाई स्वागत गर्नु भएको थियो । खानेपानी तथा सरसफाई मन्त्री मगर र मुख्यमन्त्री भट्टको भेटवार्तापछि दिउसो २ बजे गृहमन्त्रालयमा गृहमन्त्री बादल र मुख्यमन्त्री भट्टबीच प्रदेश सिमा सुरक्षाको बिषयमा गम्भिर छलफल भएको थियो ।

कंचनपुर जिल्लाको पुनर्बास क्षेत्रमा शसस्त्र प्रहरी सुरक्षा बल र दार्चुलाको तिन्कर त्रिदेशिय नाकामा स्थायी प्रहरी पोस्ट राखिने र प्रदेश सुरक्षा नीतिको विषयमा छलफल भएको मुख्यमन्त्रीका प्रमुख स्वकिय सचिव शिवसिंह ओलीले जानकारी गराए ।

गृहमन्त्री बादलसंगको भेटवार्तापछि मुख्यमन्त्री भट्टले परराष्ट्र मन्त्री ज्ञवालीसंग भेटबार्ता गर्नु भएको थियो । भेटका क्रममा नेपाली र भारतीय सिमा प्राबिधिक टोलिको म्याद समय थप्ने र सिमा नाका खास गरि गौरीफन्टा र गड्डाचौकीमा नेपाली कामदार भारतबाट फर्किने बेला हुने ज्याजतिलाई रोक्न कुटनैतिक पहल गर्ने बिषयमा छलफल भएको बताईएको छ ।

त्यसैगरी मंगलबारै उर्जा तथा सिचाइ मन्त्री बर्षमान पुन अनन्तसंग पनि मुख्यमन्त्री भट्टको भेटबार्ता भएको छ । ७ नं. प्रदेशमा संघीय सरकार ,प्रादेशिक सरकार र स्थानीय तहको लगानीमा जलविधुत आयोजना संचालन गर्ने विषयमा सैद्धान्तिक सहमति भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनले सातवटै प्रदेशमा जलविद्युतका मेगा प्रोजेक्ट ठूला आयोजना  बनाइने बताएका छन् । आज सिंहदरबारमा भेट्न आएका प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टसँगको छलफलमा मन्त्री पुनले सो कुरा बताएका हुन् ।

मुख्यमन्त्री भट्टले पश्चिम सेती आयोजना अगाडि बढाउन पहल गरिदिन आग्रह गरेपछि मन्त्री पुनले भने, ‘सातवटै प्रदेशमा मेगा प्रोजेक्ट बनाउने सरकारको योजनाअनुसार प्रदेश ७ मा पनि एउटा ठूलो आयोजना बन्छ ।’

मन्त्री पुनले पश्चिम सेती जलविद्युत आयोजनालाई अगाडि बढाउन संघ सरकार सकारात्मक रहेको र त्यसका लागि अध्ययन भइरहेको बताए । सिञ्चाइ र जलविद्युतसँग सम्बन्धित केही अधिकार संविधानले नै ग्यारेन्टी गरेको उल्लेख गर्दै मन्त्री पुनले संघ र प्रदेश सरकारबीच समन्वय गरेर आयोजना अगाडि बढाइने बताए ।

मन्त्री पुुनसँगको भेटमा मुख्यमन्त्री भट्टले प्रदेश ७ मा जलविद्युतका थुुप्रै सम्भावना रहेकाले प्रदेश सरकार संघसँग समन्वय र सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए । मुुख्यमन्त्री भट्टले लामो समयदेखि चर्चामा रहेको पश्चिम सेती जलविद्युत आयोजना जुुनसुुकै मोडालिटीमा भए पनि अघि बढाइदिन मन्त्री पुुनसँग आग्रह गरेका थिए ।

त्यसैगरी, कर्णाली नदीबाट सुविधासम्पन्न नहर निर्माण गरेर सिञ्चाइ सुुविधा पुुर्याउने उद्देश्यले निर्माणाधीन रानीजमरा सिञ्चाइ आयोजनाको काम द्रुत गतिमा अगाडि बढाइदिन समेत उनले आग्रह गरेका थिए ।

मुख्यमन्त्री भट्ट र बन तथा बाताबरण मन्त्री शक्ति बहादुर बस्नेतसंग पनि महत्वपूर्ण बिषयमा छलफल भएको छ । बैज्ञानिक बन ब्यबस्थापन र सामुदायिक बन सम्बन्धि निति परिमार्जन,खप्तड राष्टिय निकुञ्जभित्र झिग्राना हुँदै बिचपानी सम्म सानो मोटर बाटो र होटेल खोल्न कानुनी जटिलता हटाउने विषयमा पनि छलफल भयको मुख्यमन्त्रीका प्रमुख स्वकिय सचिव ओलीले बताए ।

ओलीका अनुसार मुख्यमन्त्री भट्टको प्रदेश सरकारको समृद्धि र आर्थिक विकासका लागि संबिधानमा ब्यवस्था भए अनुसारको अधिकार प्रदान र ७ नं।प्रदेशलाई थप क्षतिपुर्तिसहितको बजेट रकम उपलब्ध गराउनका लागि कुराकानी गर्न आज साझ अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा।युबराज खतिवडासंग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस