नाकाबन्दीलाई भूलेर मोदीको स्वागत झुमे नेपाली जनता : डा. रिजाल

Minendra rijal

काठमाडौँ । सांसद डा. मिनेन्द्र रिजालले भूकम्पले थलिएको पिडाले उठ्न नसकेका नेपाली जनतालाई नाकाबन्दी गरेर सकसमा पार्ने भरतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा होमिएको नेपालीको मोदी प्रतिको मोह देखेर चिन्ता व्यक्त गरेका छन् ।

सांसद रिजालले ‘भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदा अभिव्यक्ति स्वतन्त्रमा हस्तक्षेप गर्न खोजेको भन्दै विवेकशील साझा पार्टीको कार्यालयमा भएको प्रहरी हस्तक्षेपको पनि निन्दा गरेका छौँ । भारतीय प्रधानमन्त्री तपाईँलाई स्वागत छ। तर नाकाबन्दी भुलेका छैनौँ, भन्न पनि नपाइने हो र ?’, सांसद रिजालको प्रश्न थियो ।

‘एमाले र माओवादीको समेत समर्थनमा बनेको प्रदेश २ को सरकारका मुख्यमन्त्रीले कुटनीतिक मर्यादा भुल्दै अभिव्यक्ति दिएका छन् । आफ्नै समर्थनमा बनेको प्रदेश सरकारका मुख्यमन्त्रीको अभिव्यक्तिलाई फेरि प्रधानमन्त्रीले गलत पनि भन्नु भएको छ उनले भने, आफैँले सघाएको प्रदेश सरकारका प्रमुखले कुटनीतिक मर्यादा भुलेर बोल्दा चुप लागेर अहिले बेठीक भनिँदा हामी अस्पष्ट भयौँ, चित्त बुझ्दो जवाफ चाहियो ।


प्रतिकृया दिनुहोस