मोदीको भ्रमणमा माओवादी बाइपास ?

Oli modi

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निकै तामझामका साथ नेपालमा स्वागत गरियो । तर, मोदीको भ्रमणका क्रममा माओवादी केन्द्रका मन्त्री र नेताहरु भने देखिएनन् । सत्तासाझेदार माओवादीलाई वाईपास गरिएको भन्दै माओवादी असन्तुष्ट बनेको हो ।

एमालेसँग पार्टी एकता गर्ने अन्तिम तयारीमा रहेको सत्तासाझेदार दल माओवादी भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा आफूहरुलाई त्यसअनुसार व्यवहार नभएको माओवादी स्रोतले जनाएको छ ।

मोदी नेपाल आउनपूर्व प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्रमामिलाका जानकारहरुसँग परामर्श गरे । तर, सत्तारुढ घटकका रुपमा ओलीले माओवादी नेतृत्व र मन्त्रीहरुसँग कुनै छलफल नै गरेनन् ।

यस्तै, २८ गते द्वारिकाज होटलमा भएको द्वीपक्षीय वार्तामा उर्जामन्त्री वर्षमान पुन र बनमन्त्री शक्ति बस्नेत सहभागी थिएनन् । दुई प्रधानमन्त्रीले अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गरे । तर, उर्जामन्त्री र बन मन्त्रीलाई नै नेपाली टोलीमा समावेश नै नगरिएको माओवादी निकट स्रोतको दाबी छ ।

द्वीपक्षीय वार्तामा उर्जा, जलश्रोत र सिञ्चाइका विषय थुप्रै थिए र छलफल पनि भए । तर, सम्बन्धित मन्त्रीलाई सहभागी नगराउनु गम्भीर भएको भन्दै माओवादीका एक नेताले यसबारे प्रधानमन्त्रीसँग गम्भीर कुरा हुने बताएका छन् ।

प्रधानमन्त्री ओलीको माओवादीलाई बाईपास गर्ने व्यवहारबाट माओवादी अध्यक्ष प्रचण्ड रुष्ट बनेको स्रोतले बतायो । मोदीको भ्रमणमा माओवादीका दुई मन्त्रीलाई बाइपास गर्दा एमाले नेतृत्व र त्यसमा पनि प्रधानमन्त्री ओलीप्रति रहेको आशंका थप बढाएको नेताहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...