मोदीको नेपाल भ्रमणमा भारतीय सेना आउनु गम्भिर : कांग्रेस

Congress11

झापा । नेपाली कांग्रेसले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणले नेपालको राष्ट्रियता गम्भिर मोडमा पुगेको ठहर गरेको छ ।

झापाको बिर्तामोडमा आइतबार नेपाल शिक्षक संघको २९ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेताहरुले मोदीले आफ्नै देशबाट सेना लिएर आएकोप्रति कटाक्ष गरे ।

कार्यक्रममा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले तत्कालीन कांग्रेस नेतृत्वको सरकारको बेला दुई पटकसम्म नेपाल आउँदा मोदीले आफ्नो देशबाट सेना नल्याएको तर, यस पटक नेपाली भूमिमा भारतीय सैनिक तैनाथ हुनुले राष्ट्रियताको मुद्दा गम्भीर बनेको बताए ।

उनले यस पटक मोदी मुलुकको अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल प्रयोग गर्नुको सट्टा दिल्लीबाट नेपाल नजिकैको भारतीय विमानस्थलमै ओर्लिएर नेपाल प्रवेश गर्नुपनि गम्भीर विषय भएको बताए ।

शर्माले एउटै मुलुकमा मोदीलाई दुई फरक–फरक भूगोलमा अभिनन्दन गर्नुले पनि ओलीको राष्ट्रियताप्रतिको भाषण र व्यवहारबाट गम्भीर प्रश्नहरु खडा भएको बताए । ‘एउटै व्यक्तिलाई एउटै देशमा कसरी दुई पटक अभिनन्दन गरिन्छ ?’ शर्माले प्रश्न गर्दै भने,‘ओली सरकारले दुई फरक भूगोल मधेसमा र पहाडमा मोदीलाई छुट्टाछुट्टै कार्यक्रम गरेर अभिनन्दन गर्नुले मुलुकमा गम्भीर प्रश्न खडा गरेको छ ।’

नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी ओलीको राष्ट्रियताको कुरा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबाट स्पष्ट भएको बताए । सिटौलाले ओलीले धोती लगाउँदैमा राष्ट्रियता नझल्किने टिप्पणी गरे ।

उनले ओलीले राष्ट्रियताको भाषण गर्दै मोदीको भ्रमणका बेला देशको शीर निहुराउने गरी झुकेको दाबी गरे । सिटौलाले मोदीको भ्रमणबाट ओलीले स्वार्थ बोकेर राष्ट्रियताको कुरा गर्ने गरेको स्पष्ट भएको बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...