नरेन्द्र मोदीको २ न. प्रदेश भ्रमण नेपाल टुक्राउने योजनाको कास्टिङ : पौडेल

Durga paudel

काठमाडौ । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले भारतीय प्रधानमन्त्रीसँग गरिएको अरूण तेस्रो सम्झौता नेपालको राष्ट्रियता, सार्बभौमिकता र भौगोलिक अखण्डता बिरुद्धको प्रहार भएको भताएकी छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण तथा अरुण तेस्रोको भारत सरकारसँग नेपाल सरकारले गरेको सम्झौताको विरुद्ध राष्ट्रिय जनमोर्चाले शनिबार काठमाडौंमा आयोजना गरेको विरोध सभामा बोल्दै सांसद पौडेलले प्रदेश न २ बाट नेपाल भ्रमण गरिनु नेपाल बिखण्डन गर्ने योजनाको फिल्म प्रदर्शन हुनुपूर्वको कास्टिङ जस्तै भएको बताईन् ।

देश भुकम्पले थिलो थिलो भएको बेला छिमेकीको साथ र सहयोगको अपेक्षामा बसिरहेका जनताको विरुद्धमा नाकाबन्दी गरेर नेपाली जनतामाथी घोर अमानवीय व्यबहार प्रदर्शन गरेको कुरा स्मरण गर्दै सांसद पौडेलले तिनै विस्तारबादी सरकारका नाइके नरेन्द्र मोदीलाई नेपालमा स्वागत गरिनु हास्यास्पद र सरकारको लम्पसारबादी नीति भएको बताईन् ।

नेपाललाइ कालान्तरमा भारतीय संघमा सामेल गर्ने उसको योजना अनुरुप भारत सरकारले काम गरिरहेको कुरा औल्याउँदै उनले बेलैमा जनता सचेत भइ संघीयताको बिषबृक्षलाई उखेलेर नफाले यसले देशलाइ नै खारेज गर्ने भएकोले संघीयताको बिरुद्द आन्दोलनमा जुट्न जनतालाइ अपिल समेत गरिन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले धार्मिक तिर्थाटनका नाममा देशमा छिर्ने र नेपालका नदी कुम्ल्याएर जाने नरेन्द्र मोदीको कथित नागरिक अभिनन्दनको घोर भ्रत्सना गरेका थिए । उनले केपी ओली सरकारले जनताको बिचमा कथित राष्ट्रबादी सरकारको नाम बेचेर राष्ट्रघात गरेको आरोप लगाए ।

कार्यक्रमलाई जनजाती सम्मेलनका केन्द्रीय अध्यक्ष निमबहादुर बुढाथोकी र बुद्धिजिवी संघका केन्द्रीय सचिव समीर सिंहले समेत सम्बोधन गरेका थिए । संचालन राष्ट्रिय जनमोर्चाका कार्यालय सचिव घनश्याम पौडेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...