नरेन्द्र मोदीको नेपाल भ्रमण रहस्यमय : नेकपा

Birahi

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण रहस्यमय र नेपालीको चाहना विपरीतको भएको भन्दै विरोध जनाएको छ ।

नेकपाका पोलिटब्युरो सदस्य तथा पूर्वी कमाण्ड इन्चार्ज विरहीले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली नागरिक र देशभक्त व्यक्ति तथा संस्थाहरुको भावना एवं अभियानप्रति ऐक्यबद्धता जाहेर गर्दै देशभक्तिको आन्दोलनमा सहभागी हुन अपिल गरेका छन् । उनले अरुण—३ को खारेजी र विराटनगरकोे २०६५ सालमा स्थापित भई आजसम्म नहटाइएको कथित बाढी नियन्त्रण तथा उद्धार कार्यालय’ नहटाएसम्म आफ्नो पार्टीले सशक्त रुपले प्रतिरोध संघर्ष जारी राख्ने’ बताएका छन् ।

इन्चार्ज विरहीको विज्ञप्तिमा ‘राजनीतिक विश्लेषणको आधारमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रामण अरुण—३ आयोजना कब्जा गर्न, विराटनगरको जासुसी अड्डा कायम राख्न र महाभूकम्पको पीडाको समयमा नेपालमाथि नाकाबन्दी लगाएर थप पीडा र घाँटी निमोठेर नेपाली जनतालाई झुकाउन गरिएको अपराधर्को प्रायश्चित गर्न यो भ्रमणले नेपाल सरकार र सरकारमा रहेका दलहरुको दलाल चरित्रलाई झनै उदांगो पारेको छ ’ उल्लेख छ ।

साथै, उनले नेपाल भ्रमणको बहानामा कुटनीतिक मर्यादा र नेपालको सार्वभौमिक अखण्डताप्रति नै प्रश्न उठ्ने गरी भारतीय सुरक्षाकर्मीहरुको घुसपैठ भएको भन्दै घोर आपत्ति जनाएका छन् ।

प्रतिकृया दिनुहोस