देउवामाथि पार्टी बिभाजन गर्न खोजेको गम्भिर आरोप

'वामपन्थीले देशै कब्जा गर्न खोजे, देउवाले पार्टीं'

Congredss neta

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुले सभापति शेरबहादुर देउवालाई पार्टी बिभाजन गर्न खोजेको आरोप लगाएका छन् ।

सहमति बिपरित देउवाले एकलौटि ढंगले पदाधिकारी मनोनयन गरेपछि पौडेल पक्षले पार्टीको बैठक नै बहिष्कार गरेको थियो । देउवाको कदमबाट असन्तुष्ट बनेका बरिष्ठ नेता पौडेलसहित शीर्ष नेताहरुले देउवाले पार्टी बिभाजन बिभाजन गर्न खोजेको निष्कर्ष निकालेका हुन् ।

आइतबार नेता प्रकाशमान सिंहको निवास ठमेलमा बसेको पौडेलसहित, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी र नवीन्द्रराज जोशीको बैठकले सभापति देउवा पार्टी कब्जा गर्ने बाटोमा लागेको निष्कर्ष निकालेको छ ।

कांग्रेस पदाधिकारी चयन विधिसम्मत नभएको, पार्टी कब्जा गर्ने रणनीति देखिएको र देउवाले पार्टीलाई विभाजनतिर लैजान खोजेको भन्नेमा चार नेताको एकमत देखिएको कांग्रेसका एक नेताले बताए ।

करीब २ घण्टा लामो छलफलमा देउवाविरुद्ध कसरी एकताबद्ध भएर अघि बढ्ने भन्ने विषयमा छलफल केन्द्रीत भएको ति नेताले बताए ।

पार्टीको विधानविपरित देउवाले शुक्रबार उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनयन गरेको भन्दै पार्टीभित्र तीब्र असन्तुष्टि बढिरहेको बेला चार शीर्ष नेताबीचको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ । बैठकमा कांग्रेस नेता रामचन्द्र पौडेलले बारम्बार देउवालाई मनपरि नगर्न सचेत गराउँदा गराउँदै पनि कुनै सुनुवाई नभएको भन्दै उनको कदम घातक भएको बताएका थिए ।

बैठकले वाम गठबन्धन देश कब्जा गर्ने बाटोमा उन्मुख भएको समेत निष्कर्ष निकालेको बताइएको छ ।

देउवाले पार्टी विधानको धारा २१ को घ तथा नियमावलीको १२ बमोजिम उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा प्रकाशरण महतलाई मनोनयन गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...