सत्तापक्ष र प्रतिपक्षको साझा प्रयासबाट समृद्धि र विकास सम्भव छ : अध्यक्ष दाहाल

Prachanda 20

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तापक्ष र प्रतिपक्षको साझा प्रयासबाट मात्र समृद्धि र विकास सम्भव हुने बताएका छन ।

नेपाल पत्रकार महासंघ प्रदेश नं ४ समितिका नवनिर्वाचित पदाधिकारी एवं सदस्यको आज यहाँ आयोजित पदस्थापन समारोहमा उनले विकास, समृद्धि र स्थायित्वका लागि सबै मिलेर सहकार्य गर्न आवश्यक भएको बताए ।

राजनीतिक स्थिरताका लागि आफूहरूले गठबन्धन, साझा घोषणापत्र र उम्मेदवार तय गरेको बताउँदै उनले कम्युनिष्ट पार्टीबीचको एकता राष्ट्रको आवश्यकता भएको उल्लेख गरे ।

प्रेस स्वतन्त्रताका पक्षमा आफूहरू निरन्तर रुपमा सञ्चारकर्मीसँगै भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले नेपाल पत्रकार महासंघको सर्वसम्मत समावेशी प्रदेश समिति गठन गरिनु सकारात्मक भएको बताउँदै उनले आफ्नै प्रधानमन्त्रित्वकालमा लोककल्याणकारी विज्ञापनमा दोब्बर बनाइएको तथा वरिष्ठ पत्रकारलाई सम्मान र पुरस्कृत गर्ने प्रक्रियाको थालनी गरिएको जानकारी दिए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले संघात्मक अधिकार प्रदेशमा समितिलाई हस्तान्तरण गरिएको जानकारी दिँदै पत्रकार हकहित र नागरिक अधिकारका लागि महासंघले निरन्तर लडाइँ लडिरहने बताए ।

प्रदेश नं ४ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले जनताले अनुमोदन गरिसकेकाले नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकीकरण तत्काल गर्नाको विकल्प नरहेको बताए ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका सभापति गंगाधर पराजुलीले नेपालको संविधान निर्माण भएर पनि नियम र कानून बन्न् नसक्दा स्वतन्त्र प्रेसको अधिकार कुण्ठित भएको बताए ।

पत्रकार महासंघ प्रदेश नं ४ निर्वाचन आयोगका अध्यक्ष सुरेन्द्र थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस प्रदेश नं ४ विपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, केन्द्रीय निर्वाचन समितिका बबिता बस्नेत, पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, महासंघ प्रदेश नं ४ का अध्यक्ष त्रिभुवन पौडेल, महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलगायतले मुलुकको विकास र समृद्धिका लागि पत्रकारिता क्षेत्रको महत्व भूमिका रहेको उल्लेख गरे ।

सो अवसरमा निर्विरोध निर्वाचित महासंघ प्रदेशका पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरण गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...