यसरी तय हुन्छ राष्ट्रिय सभाका सदस्यको पदावधि

Samsad

काठमाडौं । राष्ट्रियसभाका सांसदको पदावधि ६ वर्ष हुने भए पनि पहिलो पटक एकतिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुन्छ । ५९ सदस्यीय राष्ट्रियसभाका एकतिहाइ सदस्यको २ वर्ष, एकतिहाइको ४ वर्ष र एकतिहाइको कार्यकाल ६ वर्षको हुनेछ ।

जुन सदस्य जुन कलस्टरबाट आएको हो त्यही कलस्टरका सदस्यबीच गोला हालेर सांसदको पदावधि निर्धारण गरिने राष्ट्रियसभा नियमावली मस्यौदा समितिमा सहमति जुटेको छ । समितिले चार वटा कलस्टर बनाएर सांसदको पदावधि निर्धारण गर्ने सहमति गरेको हो ।

पदावधि निर्धारण गर्न खुला, महिला, मनोनीत तथा दलित/अल्पसंख्यक गरी चार वटा कलस्टर बनाइएको छ । ७ वटा प्रदेशबाट खुलामा तीन र महिलामा तीन जना सदस्य निर्वाचित भएका थिए । अब प्रत्येक प्रदेशबाट खुलामा आएका तीन जना सांसदबीच गोला हालिनेछ । गोला हाल्दा प्रत्येक प्रदेशमा एक जनाको २ वर्ष, एक जनाको चार वर्ष र एक जनाको ६ वर्षको कार्यकाल निर्धारण हुनेछ ।

यस्तै, महिला कोटाबाट निर्वाचित सांसदबीच पनि खुला सदस्यकै जस्तो गरी प्रदेशका तीन सांसदबीच गोला हाली २, ४ र ६ वर्षको कार्यकाल निर्धारण हुनेछ । दलित र अल्पसंख्यक÷सीमान्तकृत कोटाबाट आएका सांसदको भने देशभरिकै एउटा कलस्टर बनेको छ ।

यो कोटामा प्रत्येक प्रदेशबाट एक/एक जनाका दरले दलित र अल्पसंख्यक वा सीमान्तकृत कोटामा सांसद निर्वाचित भएका थिए । दलितबाट ७ र अल्पसंख्यक/सीमान्तकृतबाट आएका ७ जना गरी १४ जनाको कलस्टर बनाइएको छ । १४ जनामध्ये ४ जनाको २ वर्ष, ४ जनाको ४ वर्ष र ४ जनाको ६ वर्षको कार्यकाल हुनेछ । बाँकी २ जनामध्ये एक जनाको ४ र अर्कोको ६ वर्ष कार्यकाल हुने व्यवस्था गरिएको छ ।

यस्तै, मनोनीत कोटामा आएका तीन जनाबीच गोला हालिनेछ । एक जनाको २, अर्कोको ४ र अर्को एक जनाको ६ वर्षको कार्यकाल हुनेछ । राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षको कार्यकाल पनि गोलाप्रथाद्वारा हुनेछ ।

राष्ट्रियसभामा ७ प्रदेशबाट ८ जनाका दरले ५६ जना निर्वाचित र तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका थिए ।

राष्ट्रियसभाको २३ गते बस्ने पहिलो बैठकमै नियमावली प्रस्तुत गर्ने तयारी भइरहेको संसद् सचिवालयले जनाएको छ । सांसदको पदावधिबारे सहमति जुटेपनि फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्ने वा नगर्ने भन्ने बारेमा भने समितिमा सहमति हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...