के भयो ओली–दाहाल वार्तामा ?

Prachanda meet kp oli

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षबीच बिहीबार दुईपटक वार्ता भएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच बिहीबार भएको दोस्रो चरणको वार्ता सहमती नजिक पुगेको बताइएको छ ।

एमाले–माओवादी शीर्ष नेतृत्वबीच एकीकृत पार्टीको संगठनात्मक हिस्सेदारी, चुनाव चिह्न, माओवादी जनयुद्धको स्वीकारोक्तिलगायत विषयमा सहमति जुट्न नसक्दा एकता अन्यौलमा पुगेको थियो।

बिहीबारको छलफलमा संगठनात्मक हिस्सेदारी कसरी मिलाउने र कार्यदल प्रतिवेदनका आधारमा एकीकृत पार्टीको केन्द्रीय समितिको आकार कस्तो बनाउने भन्नेमै छलफल केन्द्रित रहेको स्रोतको भनाइ छ।

छलफलमा पार्टी एकता संयोजन समितिले बनाएको अन्तरिम विधान कार्यदलले दिएको प्रतिवेदनभन्दा केही संख्या बढाएर एकीकृत पार्टीको केन्द्रीय समिति बनाउने कुरामा दुई अध्यक्षबीच समझदारी भएको छ ।

स्रोतका अनुसार एमालेको अहिलेका केन्द्रीय समितिका सबै सदस्यलाई समेटने र माओवादीका झण्डै बराबरी संख्याका नेतालाई पनि समेट्दा केन्द्रीय समितिको आकार बढ्ने भएपछि दुई नेताहरू कार्यदल प्रतिवेदनको सुझावभन्दा बढाएर केन्द्रीय समिति बनाउने समझदारीनिकट पुगेका छन्।

कार्यदलले दुई सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्तावसहितको प्रतिवेदन एकता संयोजन समितिमा बुझाएको थियो। आकार बढ्ने भएपछि केन्द्रीय समिति तीन सय ५१ देखि तीन सय ९९ को बीचमा रहनेछ ।

एमालेका दुई सय र माओवादीका एक सय ७५ सदस्यीय कमिटी बनाउने गरी दुई अध्यक्षबीच छलफल बढी केन्द्रित छ । एमालेका दुई सय ६ केन्द्रीय समिति सदस्यमध्ये छाडेका, लाभको पदमा पुगेका कारण केही पद रिक्त छ ।

दाहाल–ओलीबीच जिल्ला तथा प्रदेश तहका पार्टी कमिटीमा भने प्रभाव क्षेत्रका आधारमा समायोजन गरिने विषयमा पनि करिब करिब समझदारी बनेको बताइएको छ ।

पार्टी एकताको विवादित अन्य विषयमा पनि नेताहरूले दुवै पक्षलाई मान्ने गरी समझदारी गर्ने गरी छलफल अघि बढाएका छन्। माओवादी जनयुद्धलाई अन्तरिम राजनीतिक प्रतिवेदनमा झैं विधानको प्रस्तावनामै समेट्ने, चुनाव चिह्नका सवालमा एमालेको सूर्य चिह्नलाई नै एकीकृत पार्टीको चुनाव चिह्न बनाउने विषयमा पनि नेताहरू सहमति नजिक छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...