घरेलु उत्पादन प्रबद्धर्नमा बजारीकरणको आवश्यकता : मुख्यमन्त्री पौडेल

Dormani poudel

हेटौँडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले साना तथा मझौला उद्योग विकासका लागि उत्पादित वस्तुको बजारीकरण नै अहिलेको आवश्यकता रहेको बताएका छन् ।

३ नम्बर प्रदेश सहित केही अन्य छिमेकी जिल्लाका समेत घरेलु उत्पादन सामग्रीको प्रदर्शनी कार्यक्रमको बिहिबार हेटौँडामा उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले ठुला उद्योगले भन्दा साना तथा मझौला उद्योगले बढि रोजगारी सिर्जना गर्ने भएकोले साना तथा मझौला उद्योगबाट उत्पादित वस्तुको बजारीकरण गर्नपर्नेमा जोड दिए ।

कार्यक्रममा मुख्यमन्त्री पौडेलले तालिम पश्चात उद्दमी बनेका व्यक्ति समेत उत्पादित सामग्रीको बजारको अभावमा पलायन भैरहेको समस्या उल्लेख गरे । मुख्यमन्त्री पौडेलले ग्रामीण तथा स्थानीय उद्योगहरुको विकासका लागि जनप्रतिनिधिलाई मुख्य उत्तरदायी बनाउनु पर्ने र यसका लागि प्रदेश सरकार नीति नियम बनाउन लागि परेको धारण समेत व्यक्त गरे ।

प्रदेश सरकारले अबको बर्षलाई औद्योगिक बर्ष घोषणा गर्दै बढिभन्दा बढि उद्योगलाई लगानी गर्न आकर्षित गर्ने मुख्यमन्त्री पौडेलले बताए । लगानीकर्ताको लगानीको सुरक्षा ग्यारेन्टी गर्दै प्रदेशमा लगानी भित्र्याउन विभिन्न अनुदान तथा सहुलियतको प्याकेजहरु प्रदेश सरकारल दिन तयार रहेको उनले बताए ।

कार्यक्रममा प्रदेश नम्बर ३ का आन्तरीक मामिला मन्त्री शालिकराम जमरकट्टेलले लघु तथा साना उद्योगका लागि कस्तो मोडालिटी बनाउदा यस क्षेत्रको विकास हुन्छ त्यसको सुझाव दिन सबैमा आग्रह गरेका छन । केन्द्रिय सरकारले औद्योगिक क्षेत्रहरु प्रदेश सरकारको मातहतमा राख्नुपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...