ओली–प्रचण्डबीचको ‘निर्णायक’ भनिएको वार्ता असफल

Prachanda meet kp oli

काठमाडौं । एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज हुने भनिएको निर्णायक वार्ता असफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको ‘वान टु वान’ वार्ता विना निष्कर्ष टुंगिएको हो ।

माओवादी अध्यक्ष प्रचण्डले एमालेसँग केन्द्रीय समितिमा रहने संख्या बाहेक अरु सबै टुंगिएको र आजको वार्ता एकताका लागि निर्णायक हुने बताएका थिए । मंगलबार माओवादी सचिवालयको बैठकमा प्रचण्डले केपी ओलीसँग आज बैठक बसेर सबै कुरा टुङ्ग्याउन सकिए २२ गते नै एकता गर्ने बताएका थिए ।

पार्टी एकताबारे टुङ्गो लगाउन भएको भनिएको वार्तामा ठोस सहमति नबनेको बताइएको छ । यद्यपि थप विषयमा कुरा गर्न फेरि आजै ३ बजे बस्नेगरी पहिलो चरणको भेटवार्ता सकिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

बिहान सवा दश बजे बालुवाटर पुगेका प्रचण्डले ओलीलाई पौने घण्टा कुरेका थिए । तर पौने घण्टा कुरेर बसेको वार्ता फेरि बस्नेगरी सकिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...