ओली–प्रचण्डबीच आज ‘निर्णायक’ वार्ता हुँदै

'दुई दलबीच ६०/४० को अनुपातमा संख्यात्मक हिस्सेदारी'

Prachanda kp oli

काठमाडौं । एमाले र माओवादीका अध्यक्षबीच पार्टी एकताको विषयमा आज निर्णायक वार्ता हुने भएको छ । गत ९ वैशाखमा हुने भनिएको एकता धकेलिएपछि दुई नेताले त्यसयता पाँचपटक निरन्तर छलफल गरिसकेका छन् । आजको बैठकलाई निर्णायक बनाईने माओवादी स्रोतले जनाएको छ ।

बुधबारको सचिवालय बैठकमा माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकतासम्बन्धी छलफल सकारात्मक दिशामा अघि बढिरहेको जानकारी दिँदै बिहीबारको वार्ताबाटै निष्कर्ष आउने संकेत गरेका छन् ।

दुई दलबीच एकीकृत पार्टीमा संख्यात्मक हिस्सेदारी, चुनाव चिह्न र जनयुद्ध शब्दका विषय टुंगिन बाँकी रहेको बताइए पनि प्रचण्डले सम्मानजनक एकताका निम्ति एमाले तयार भएको जानकारी दिँदै संख्याको विषय मात्र मिलाउन बाँकी रहेको बताएका छन् । स्रोतका अनुसार दुई दलबीच ६०/४० को अनुपातमा संख्यात्मक हिस्सेदारी मिलाउने गरी एकता टुंगो लगाउने तयारी छ ।

माओवादी केन्द्रसँगको एकताका विषयमा एमालेले बिहीबार आन्तरिक छलफल गर्ने भएको छ । माओवादी केन्द्रले बुधबार केन्द्रीय सचिवालय बैठकमा एकताबारे छलफल गरेकाले एमाले नेताहरूले पार्टी स्थायी समितिमा सोही एजेन्डामा केन्द्रित रहेर छलफल हुने बताएका थिए ।

बैठकको एजेन्डा तयारीका लागि संसदीय दलको कार्यालय सिंहदरबारमा केहीबेर केन्द्रीय सचिवालय बैठकसमेत बसेको थियो । तर, प्रधानमन्त्री ओली व्यस्त बनेपछि बैठक स्थगित भयो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी शनिबारसम्म पार्टी एकताको मिति घोषणा हुन सक्ने बताएका छन् । माओवादी केन्द्रको बुधबारको सचिवालय बैठकमा पार्टी एकताको विषयमा ब्रिफिङ गर्दै प्रचण्डले २२ वैशाखमा कार्ल माक्सको द्विशतवार्षिकीको कार्यक्रममा एकताको मिति घोषणा हुन सक्ने बताएका हुन् ।

बिहीबार आफूले ओलीसँग वार्ता गर्ने र केन्द्रीय समितिको संख्यालगायतमा सहमति जुट्न बाँकी विषयलाई अन्तिम रूप दिने प्रचण्डको भनाइ थियो । दुई अध्यक्षबीचको छलफलमा एकताका विषयमा सहमति भए दुई दिनपछि पुनः पार्टीको सचिवालय बैठक बस्ने र एकताका विषयमा औपचारिक निर्णय गरिने थापाले बताए ।

प्रचण्डले संगठनको अद्यावधिक गर्न पनि निर्देशन दिएका छन् । पार्टीको टोल कमिटीदेखि गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका, निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश, केन्द्रीय कमिटीसम्म अद्यावधिक गर्न निर्देशन दिइएको हो । माओवादीमा प्रवेश गर्ने र छाड्ने धेरै भएकाले संगठन व्यवस्थित हुन सकेको छैन ।

बुधबार सचिवालय बैठकमा पार्टी एकताबारे ब्रिफिङ गर्दै प्रचण्डले केन्द्रीय समितिको संख्या टुंग्याउन मात्र बाँकी रहेको र अरु सबै कुरा मिलिसकेको बताएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...