मोदीलाई स्वागत गर्न जनकपुरमा यस्तो तयारी

'जनकपुरको साँचो मोदीलाई बुझाउने'

Narendra modi

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही २८ र २९ वैशाखमा नेपाल आउने तय भएको छ । उनलाई जनकपुरमा नागरिक अभिनन्दन गर्ने गरी भब्य तयारी थालिएको छ ।

मोदीका हेलिकोप्टर पटनाबाट उडेर जनकपुर बाह्रबिघामा अवतरण गर्नेछन् । वरिष्ठ मन्त्रीले उनलाई त्यहीँ स्वागत गर्ने कार्यक्रम छ । मोदीको भ्रमणमा तीन हेलिकोप्टर आउँदै छन् । बाह्रबिघाबाट मोदी सीधै जानकी मन्दिर पुग्नेछन्, जहाँ प्रधानमन्त्री केपी ओलीले स्वागत गर्नेछन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्याललाई उद्धृत गर्दै राससले जनाएअनुसार दुवै प्रधानमन्त्रीले रामायण परिपथ उद्घाटन गर्नेछन् । लगत्तै प्रधानमन्त्री मोदी नागरिक अभिनन्दनमा सहभागी हुनेछन्, प्रधानमन्त्री ओली काठमाडौं फर्किने छन् ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवका अनुसार यहाँको सुरक्षा अवस्था बुभ्mन भारतीय सुरक्षाकर्मी सोमबार नै जनकपुर आइपुगेका छन् । टोलीले यहाँका सुरक्षा अधिकारीसँग सुरक्षाको विषयमा छलफल गरेको छ । मोदी भ्रमणलाई सफल बनाउन थप टोली बुधवार जनकपुर आईपुग्ने छ ।

सुरक्षा सम्वेदनशिलतालाई ध्यानमा राखेर पाँच तहको सुरक्षा व्यवस्थापन गरेको बताए । मोदीको भ्रमणलाई उच्च स्तरीयको सुरक्षा व्यवस्था मिलाउन ७ हजार सुरक्षाकर्मी परिचालन हुने बताए । यसका साथै अभिन्नदनको स्थलको विभिन्न स्थानमा सिसिटी, प्रदेशद्वारामा चेकजाँच गर्ने मेसिन, तथा ड्रोन क्यामराहरु समेत प्रयोग हुने उनले बताए ।

मन्त्री यादवले मञ्चनजिक भारतीय प्रहरी, दोस्रोमा नेपाली सेना, तेस्रो घेरामा नेपाल प्रहरी, चौथोमा सशस्त्र प्रहरी र पाँचमा राष्ट्रिय अनुसन्धान र सिभिल ड्रेसमा सुरक्षाकर्मी परिचालन हुने बताए ।

भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणलाई भव्य बनाउन प्रदेश सरकार र जनकपुरधाम उपमहानरपालिकाले फरक फरक समिति गठन गरेका छन् । प्रदेश सरकारले मुख्यमन्त्रीसहित ७ जना मन्त्रीको संयोजकत्व रहने गरि तत्काल ७ वटा कमिटि गठन गरेको छ भने जनकपुर उपमहागनरपालिकाले मेयर, उपमेरयर र वडाध्यक्षको संयोजकत्वमा छुटाछुटै ३ वटा समिति गठन गरेको छ ।

 

भारतीय प्रम नरेन्द्र मोदीलाई जनकपुर उपमहागनरपालिकाका मेयर लालकिशोर साहले नागरिक अभिन्नदन गर्ने भएको छ ।

संघिय मामिला मन्त्रालयले आईतवार नै मोदीको नागरिक अभिन्नदनको लागि तामपत्र तयारी गरि २२ वैशाख सम्म पठाउन जनकपुर उपमहागनरपालिकालाई पत्र पठाएको छ ।
मेयर साहले नै अभिनन्दन पत्र पढेर प्रम मोदीलाई प्रदान गरिनेछ । र प्रदेश सरकारले मिथिला आर्टका मायाका चिन्हो प्रदान गर्ने कार्यक्रम रहेको छ ।

यस अघि पुर्व भारतीय राष्ट्रपति प्रणव मुजर्खी जनकपुर भ्रमणमा आउदाँ जनकपुर उपमहानगरपालिका तत्काल कार्यकारी अधिकृत पुण्यप्रसाद लुईटेलले नागरिक अभिन्नद गरेका थिए।

जनकपुरको साँचो मोदीलाई बुझाउने तयारी
जनकपुर भ्रमणमा आउदा भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरधामको साँचो बुझाउने तयारी भईरहेको छ ।

नागरिक अभिन्नदनपछि करिव ५० हजार जन समुदायलाई मोदीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसका लागि प्रदेश सरकारले प्रदेशका ८ वटै जिल्लाबाट मान्छे बोलाउने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयका सचिव हरि फुयाँलले बताए । उनले भारतीय प्रम मोदीको जनकपुरमा दुई घण्टाको कार्यक्रम तय भएको बताए ।

जनकपुर भ्रमण पश्चात मोदी भ्रमण मुस्ताङको भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।

मोदीको आसन्न नेपाल भ्रमणमा अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गर्ने तयारी छ । लगानी बोर्डको सहजीकरणमा भारतीय कम्पनी सतलजले बनाउने ९ सय मेगावाटको उक्त आयोजनाको शिलान्यास तयारी गर्न परराष्ट्र मन्त्रालयबाट मौखिक जानकारी आइसकेको बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिए । २९ वैशाखमा दुवै प्रधानमन्त्रीले काठमाडौंबाट स्विच थिचेर परियोजनाको शिलान्यास गर्नेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...