सभापति देउवाले दाँया वाँया गरे चुप लागेर बस्दिन : पौडेल

Ram chandra paudel

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले पार्टीको विधान बिपरित दाँया बाँया गरे चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

१२९ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मंगलबार ट्रेड युनियन कांग्रेस तनहुँले दमौलीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सभापति शेरबहादुर देउवाले एकलौटी गरे आफ्नो समूहले बाहिष्कार गर्ने चेतावनी दिए । उनले भने ‘विद्यान अनुसार पनि नगर्ने र सहमति पनि नगर्ने कार्यशैली अपनाए संस्थापन पक्षको हरेक छलफल नै बहिष्कार गरिन्छ ।’

नेता पौडेलले कांग्रेस कार्यकर्ता गाउँ गाउँमा पुगी संगठन गरे पार्टीले पुनर्जीवन पाउने बताए । ‘कांग्रेस कार्यकर्ता जनताको घरदैलोमा जानुपर्छ’ , उनले भने, ‘जनतासँग प्रत्यक्ष सरोकारका विषयमा केन्द्रित भएर जनताको पक्षमा काम गर्न आवश्यक छ ।,’

‘पार्टी संगठन गर्न म पनि गाउँ गाउँमा आउँछु’, नेता पौडेलले भने, ‘अहिले सांसद संख्या कम भएपनि अझै पनि कांग्रेससँग जनमत छ । कर्मशील कांग्रेसले मात्र पार्टीलाई पुनर्जीवन दिन्छ। ’

पार्टीको संगठन मजबुत बनाएर पाँच वर्षपछिको निर्वाचनमा नेपाली कांग्रेसले पूर्ण बहुमत ल्याउने नेता पौडेलले दाबी गरे ।

कांग्रेस सरकारका पालामा गाउँ गाउँमा सडक, विद्युत, पुल, खानेपानी, स्वास्थ्यचौकी लगायतका पूर्वधार विकास पुर्याए पनि यसका बारेमा कांग्रेसले जनतासम्म प्रचारप्रसार गर्न नसक्नु कमजोरी भएको नेता पौडेलले बताए ।

वामपन्थी सरकारले देश विकासको नारा दिएर जनतालाई झुक्याउने गरेको उनको आरोप छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...