कांग्रेसमा नेतृत्वको तयारी गर्दै समन्वयकारी भूमिकामा शशांक

Sher paudel shasanka

काठमाडौं । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल समुहबीच चरम गुटबन्दी भइरहेका बेला महामन्त्री डा. शशांक कोईराला भने समन्वयकारी भूमिकामा देखिएको छन् ।

बरिष्ठ नेता पौडेललाई नेताहरु प्रकाशमान सिंह र डा. रामशरण महतले साथ दिइरहेका छन् । तर, सोही समूहबाट महामन्त्रीमा निर्वाचित शशांक भने पौडेल क्याम्प नै छोडेका छन् ।

बिहीबारसम्म सोही मोर्चामा रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला पनि शुक्रबारदेखि देउवाको पक्षमा उभिँदै पार्टीलाई वामपन्थीबीच धेरै बेइज्जत गर्न नहुने पक्षमा देखिएका छन्।

प्रदेशसभा तथा प्रतिनिधिसभा चुनावमा कांग्रेस हारको जिम्मा पार्टी सभापतिले लिनुपर्ने अडानमा रहेका आफ्नै क्याम्पका नेता पौडेलले लिएको अडानलाई ‘आवेगको अभिव्यक्ति’ भन्दै शशांकले केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवालाई साथ दिएका छन्।

आइतबार पार्टी पदाधिकारी मनोनयन गर्न बोलाएका बैठकसमेत महामन्त्री कोइरालाकै आग्रहमा ५ दिन पछि सार्न सभापति देउवा सहमत भएका छन्। नेता पौडेल र सिटौला पक्षले निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीको बैठक बहिष्कार गर्ने सन्देश सोमबार बिहानै पार्टी कार्यालय पठाएपछि महामन्त्री कोइरालाले पार्टीमा थप मोर्चाबन्दी र गुटबन्दी झाँगिन नदिन केही दिन बैठक सार्न देउवासामु प्रस्ताव गरेका थिए।

उनले पौडेल सहितका नेताहरूसँग आफूले छलफल गर्ने र सहमतिको प्रयास गर्ने बताउँदै अर्को दिनको बैठकमा सहभागी गराउने वचन दिएपछि देउवा बैठक सार्न तयार भएका थिए।

आइतबार मात्र कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चुनावमा हारको जिम्मा सिंगो केन्द्रीय समितिले लिने, जिल्ला सभापतिको भेला जेठ मसान्तसम्म गर्ने र महासमिति बैठक आगामी भदौमा गर्नेलगायत निर्णय गर्दै सकिएको थियो।

पौडेल पक्षले ती निर्णय बहुमतको निर्णय भन्दै आफूहरूको असहमति कायमै रहेको बताएको थियो। बैठकका निर्णय महामन्त्री कोइरालाले नै लेखेका थिए।

उनी पार्टीको १३ औं महाधिवेशनमा पौडेल समूहबाटै उम्मेदवार महामन्त्रीमा विजयी भएका थिए। त्यसयता कांग्रेसभित्र सभापति देउवा र देउवासँगै महाधिवेशनमा पराजित पौडेलबीच अनेकौं टकराव भए पनि कोइरालाले मध्यमार्गी भूमिकामै आफूलाई प्रस्तुत गर्दै लगेका थिए ।

उनको भूमिका र प्रस्तुतीलाई कांग्रेस वृत्तमा कोइराला परिवार आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व लिने गरी समन्वयकारी भूमिकामा देखिएको टिप्पणी हुन थालेको छ।

रस्साकस्सीबीच गुट–गुटको प्रतिनिधित्व गर्दै पार्टीका विभिन्न नेताहरूले केन्द्रीय समिति बैठकमा धारणा राखिरहँदा पनि महामन्त्री कोइरालाले कुनै गुटको पक्षमा नलागी पार्टीमा गुटउपगुटभन्दा माथि उठेर पार्टीको हितमा आफ्नो भूमिका रहने र काम गर्ने बताएका थिए ।

कोईरालाको भूमिकालाई लिएर विभिन्न टिप्पणी भइरहेपनि मुलतः उनी आगामी महाधिबेशनमा कांग्रेसको नेतृत्व लिने तयारीमा रहेको बुझिएको छ ।

पछिल्लो समय कोईराला परिवारका नेतात्रय डा. शशांक, डा. शेखर र सुजाताबीच मोर्चाबन्दी चलिरहेको छ । उनीहरुले अब रामचन्द्र पौडेलको पछि लाग्नभन्दा पनि कोईराला परिवारमै नेतृत्व ल्याउन पहल गरिरहेका छन् । तर, शशांक बाहेक शेखर र सुजाताले भने देउवालाई साथ दिने गरेका छैनन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...