बहुमतको बलमा जववर्जस्ती भयो : पौडेल समूह, निर्णय सर्वसम्मत : संस्थापन पक्ष

कांग्रेसको छुट्टाछुट्टै पत्रकार सम्मेलन

Nepali congress

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको करिब एक महिना लामो बैठक आइतबार साँझ सकिएको छ । तर, बैठकपछि पार्टीमा असन्तुष्टि थप बढेको देखिएको छ ।

बैठकले गरेका कतिपय निर्णयका सन्दर्भमा नेता रामचन्द्र पौडेल पक्षधरले असन्तुष्टि जनाएको छ । बैठक सकिएलगत्तै पार्टी कार्यालय सानेपामा आइतबार साँझ पत्रकार सम्मेलन गरी नेता पौडेलले बहुमतको बलमा विधान विपरित बैठकबाट निर्णय गरिएको दाबी गरे ।

धनराज गुरुङ, गगन थापा, कल्याण गुरुङ, रामशरण महतलगायतका केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको पौडेलको पत्रकार सम्मेलनमा नेताहरुले सभापति देउवा एकलौटी ढंगले अघि बढ्न खोजेको आरोप लगाए । देउवाले पदाधिकारीमा सबै आफू निकटकालाई मनोनयन गर्ने तयारी गरेसँगै त्यो बुझेर पौडेल समूह रुष्ट बनेको बताइएको छ ।

पौडेलको पत्रकार सम्मेलन अघि काँग्रेस संस्थापन पक्षले पत्रकार सम्मेलन गरी निर्णयहरु सर्वसम्मत गरिएको दाबी गरेको थियो । प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकारहरुसँग कुराकानी गर्दै आगामी भदौमा महासमिति बैठक बालाउने लगायतका सबै निर्णयहरु सर्वसम्मत भएको बताएका थिए ।

कांग्रेस बैठकले अघिल्लो निर्वाचनमा हार बेहोर्नुको प्रमुख कारण बाम गठबन्धननै भएको निश्कर्ष निकाल्दै हारको जिम्मेवारी आ–आफ्नै हिस्सेदार अनुसार लिनुपर्नेमा जोड दिइएको पनि उनले बताएका थिए ।

बैठकले पदाधिकारी मनोनयन गर्ने तय पनि गरेको बताइएको छ । सो निर्णयमा पौडेल समूहको असन्तुष्टि रहेको बताइएको छ । बैठक सकिएसँगै महामन्त्री शशांक कोइरालासँगै प्रवक्ता शर्मा पत्रकार माझ उपस्थित भएका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...