३ हजारलाई पुनः कोरिया लगिने

Baideshik

काठमाडौँ । पहिले नै दक्षीण कोरिया गएर फर्किएका ३ हजार नेपालीलाई पुनः कोरिया लगिने भएको छ ।

कोरियाले राम्रो काम गरेर फर्किएका ३ हजारको नाम पठाएपछि पुनः परीक्षाका आधारमा पठाउन लागिएको इपिएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले बताए ।

‘परीक्षा यही वैशाख १७ गतेदेखि नै लिने निर्णय गरेका थियौँ, तर बिदा परेका कारण वैशाख १९ गतेदेखि मात्र लिन लागेका छौँ’, खनालले भने, ‘परीक्षामा लगभग तीन हजार २०० जना सहभागी छन् ।’

लगभग ५० प्रतिशत पास गरी लैजाने कोरियाको लक्ष्य रहेको उनले जानकारी दिए ।परीक्षा इपिएस कोरियाको नेपाली शाखा, ग्वार्कोमा हुनेछ । परीक्षा एकपटकमा २८ जना गरी दिनको चारपटक लिइनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...