राजनीतिक परिवर्तन जनताले जीवनमा महशुस गर्ने हुनुपर्छ : अध्यक्ष दाहाल

Prachanda 1 ndaqayydjs

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिक परिवर्तनले जनतालाई आफ्नो दैनिक जीवनमा परिवर्तनको महशुस गराउन सक्नुपर्ने बताए ।

नेपाल १४ औँ अन्तर्राट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको राजधानीमा उद्घाटन गर्दै उनले भने ‘जनताले देख्ने भनेको कुन व्यवस्थाले उनीहरुको दैनिक जीवनमा र रोेजगारीमा कति राहात दियो, त्यहि बुझ्ने हुन् । जनताले परिवर्तनलाई परिणाममा नै बुझ्ने हुन् । हामीले सबैतिर जनताले देख्ने र महशुस गर्ने गरी परिवर्तनको अनुभूति गराउन सक्नुपर्यो ।’

अध्यक्षले वर्तमान राजनीतिक परिवर्तनलाई अवसरका रुपमा सदुपयोग गर्न र परिणाममा नै विकासको अनुभूति दिन नसके परिवर्तनको दिगोपना माथि नै प्रश्न उठ्ने बताए । उनले वर्तमान राजनीतिक परिवर्तनलाई काँचो माटोको संज्ञा दिँदै भने, ‘हामीले जस्तो बनाउन सक्यौं त्यस्तै बन्छ ।

हामीले नराम्रो बनायौं भने यसको दुश्परिणाम निस्किन्छ र राम्रो गर्यौं भने राम्रो व्यवस्था स्थापित हुन्छ ।’ राजनीतिक परिवर्तनलाई सदुपयोग गर्न नसके देश फेरि अराजकता तिर जाने अध्यक्षको चिन्ता थियो ।

अध्यक्ष प्रचण्डले शिक्षा, स्वास्थ्य, रोजगारी र उद्योग व्यवसायको क्षेत्रमा देशले अवलम्बन गरेको वर्तमान नीतिमा आमूल सुधार आवश्यक रहेको बताए । अब ढिला नगरी राष्ट्रीय आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने बेला आएको उनको भनाई थियो । अध्यक्षले भने, ‘आम नेपाली जनता र तपाई हामी सबैको अपेक्षा अब देशमा राजनीतिक स्थिरता र आर्थिक विकासले गति लिन्छ भन्ने भएको छ ।’

उनले स्थानीय तहमा बजेट विनियोजन गर्दा प्रत्येक निकायमा ग्राम उद्योग स्थापनाका निम्ति रकम छुट्याउन सरकारलाई आग्रह गर्ने विश्वास दिलाए । उनले समर्थनको हिसावले दुईतिहाई बहुमतको सरकार धेरै वर्षपछि प्राप्त गरेको बताउँदै पहिलो पटक दुईतिहाईको सरकारले बजेट निर्माण गर्न गइरहेको जानकारी दिए ।

उनले भने, ‘औधोगिक क्षेत्रको विकास बिना रोजगारीले गति लिन सक्दैन । कृषिमा आधारित उद्योगहरुको विकास बिना औधोगिक क्षेत्रको विकासको आधार बन्न सक्दैन । यसमा सबैले नयाँ संकल्प गर्नुपर्ने आवश्यकता छ ।’ महोत्सवले दिने सुझाव र निश्कर्षले आउने दिनमा सरकारका नीति तथा कार्यक्रम निर्माणमा पनि महत्वपूर्ण हुने उनको विश्वास थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...