बलात्कार गरेर हातमा एक लाखको बिटो

Rape 12

काभ्रे । काभ्रेमा एक ब्यक्तिले महिलामाथि जवर्जस्ती गरी कतै उजुर बाजुर नगर्न भन्दै एक लाख रुपैया दिएको पाइएको छ ।

रोशी गाउँपालिका १घर भई नमोबुद्ध नगरपालिका ९ गहतेमा बस्दै आएका ५२ वर्षीय रामशरण दमाईले वडा नं. ३ कुण्डलेस्थित आफ्नै खेतमा तोरी लिन गएकी २६ वर्षीया युवतीलाई जबरजस्ती गरेका थिए ।

श्रीमान् विदेश गएको मौका पारेर ति युवतीलाई दमाईले बलात्कार गरेका थिए ।

२०७४ चैत १ गते युवतीलाई जबरजस्ती गरी कसैलाई नभन्नु भने मारिदिन्छु भन्दै धम्की दिए । युवती रुँदै तोरी लिएर फर्किन् । केही समय उनले घरमा घटनाबारे केही भन्न सकिनन् ।

सासुसँगै रहेकी ती युवतीले केहीदिनपछि घटनाबारे आमाजु र जेठानीलाई भनिन् । उनका श्रीमान् ७ वर्षदेखि कतारमा छन् । उनी परिवारकी कान्छी बुहारी हुन्र यसैबीच दमाईँले चैत २१ गते एकान्तमा लगेर घटनाबारे समाजमा नभन्न र प्रहरीमा उजुरी नगर्न दबाब मात्र दिएनन्, युवतीका ससुराको हातमा एक लाख रुपैयाँ थमाइदिए ।

पैसा नलिए बाँकी नराख्ने धम्की दिएपछि युवतीका ससुराले नोटको बिटो समाए । तर चैत २२ बिहान बुहारीले जिल्ला प्रहरी कार्यालय काभ्रपलाञ्चोकमा उजुरी दिइन् ।

यससँगै प्रहरीले दमाईँलाई पक्राउ गरी वैशाख १३ गते पुर्पक्षका लागि थुनामा राखेको छ । दमाईँ युवतीका श्रीमान् विदिेश गएदेखि प्रेम रहेको र सहमतिमै सम्बन्ध राख्दै आएका सम्त्रन्ध रहँदै आएको बयान दिएका छन् ।

प्रतिकृया दिनुहोस