भारतका ३ पूर्वराजदूत नेपालमा, के गर्दैछन् उनीहरु ?

Indian ambassador

काठमाडौं । भारतका ३ पूर्वराजदूत १८ दिनदेखि नेपालमा रहेको खुलासा भएको छ । पूर्वराजदूतहरु देव मुखर्जी, श्याम शरण र रञ्जित रे यतिबेला काठमाडौंको द्वारिका होटलमा बसेर भेटघाटमा व्यस्त छन् ।

उनीहरु अहिले राजनीतिज्ञ, पूर्वप्रशासक, पूर्वराजदूतहरुलाई भेट गरिरहेका छन् । उनीहरुले व्यापारिक समुदायलाई पनि भेटेको बताइएको छ ।

संविधानपछिको अवस्था, वर्तमान सरकार र नेपाल–भारत सम्बन्ध लगायतको विषयमा उनीहरुले छलफल गरिरहेका छन् ।

पर्यटकका रुपमा आए पनि राजदूत भएर गइसकेकाले आफ्ना निकटस्थलाई मात्र भेट्दा पनि राजनीतिक भेटघाट नै हुने अधिकारीहरु बताउँछन् ।

राजा वीरेन्द्रको वंश नास (राजदरबार हत्याकाण्ड) हुँदाको असहज परिस्थितिमा मुखर्जी नेपालमा राजदूत थिए । उनी त्यसको केही समयमा फर्केपछि डा. आईपी सिंह ८ महिना राजदूत रहे ।

त्यसपछि श्यामशरण राजदूतका रूपमा आए । राजाको प्रत्यक्ष शासनकाल र माओवादी द्वन्द्वको समयमा उनी नेपालमा राजदूत रहे । दुई वर्षभन्दा बढी समय राजदूत रहेका श्यामशरण भारतीय विदेश सचिव भएर फर्के । उनी फर्केपछि उनको समेत संलग्नतामा तत्कालीन विद्रोही माओवादी र दलहरूबीच १२ बुँदे दिल्ली सम्झौता भएको थियो ।

गणतन्त्र संस्थागत गर्ने, संविधान जारी हुने, निर्वाचन प्रक्रिया अघि बढाउनेजस्ता कार्यको प्रत्यक्षदर्शी भए राजदूत रञ्जित रे । मञ्जिभसिंह पुरी आउनुअघि रञ्जित रे नै यहाँ राजदूत थिए । उनको कालमा नै नेपाल–भारत सम्बन्धमा बादल लागेको थियो । नेपालीले पाँच महिना नाकाबन्दी खेप्नुपरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...