राष्ट्रवादको कुरा गर्ने ओली सीमा मिचिंदा किन बोल्दैनन् ? : वैद्य

March pass 22

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले प्रधानमन्त्री केपी ओलीलाई कुरा गर्दा राष्ट्रवादको गर्ने तर सीमा मिचिंदा किन बोल्दैनन् भन्ने प्रश्न गरेका छन् ।

शुक्रबार काठमाडौंको इन्द्रचोकमा युवा जागरण तथा मार्चपास अभियानको समापन समारोहमा बोल्दै वैद्यले ओलीको राष्ट्रवाद भारतसँग गरिएको सम्झौतासँगै सकिएको दाबी गरे । उनले केही हप्ताअघि भएको प्रधानमन्त्री ओलीको भारत भ्रमण र त्यहाँ भएको सम्झौताले उनको नक्कली राष्ट्रवाद उदाङ्गिएको बताए ।

ओली नेतृत्वको सरकारलाई अहिले राष्ट्रवादी भनिए पनि त्यसले दलाल पूँजीवाद र सामन्तवादको रक्षाकवचको काम गरिरहेको समेत उनले आरोप लगाए । नेता वैद्यले प्रधानमन्त्री ओलीले समृद्धिका कुरा गरेर जनतालाई भ्रममा पारेको आरोप समेत लगाए ।

महासचिव वैद्यले यो सरकारले राष्ट्रियता, जनतन्त्र र जनजिविकाको रक्षा गर्न नसक्ने समेत उनले ठोकुवा गरे ।

वैद्यले ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले झापा आन्दोलन र माओवादी जनयुद्धको नेतृत्व गरेपनि कम्युनिष्ट आन्दोलनलाई संसदमा लगेर टुंग्याएको आरोप समेत लगाए । उनले झापा आन्दोलन र जनयुद्धको नेतृत्व गरेको जस एमाले र माओवादीले लिन नमिल्ने समेत बताए ।

क्रान्तिकारी युवा लिग नेपाल, ३ नम्बर प्रदेशको आयोजनामा सम्पन्न सो अभियान टुँडिखेलबाट सुरु भएर न्यूरोड, बसन्तपुर हुँदै इन्चोकमा पुगी सभामा परिणत भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...