सरकार संघीयता विरोधी : उपेन्द्र यादव

Upendra yadhav

जनकपुर । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकार संघीयता विरोधी भएको आरोप लगाएका छन् ।

मधेसी स्वास्थ्यकर्मी फोरम नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई जनकपुरमा सम्बोधन गर्दै अध्यक्ष यादवले संघीय सरकारको व्यवहारप्रति असन्तुष्टि जनाए ‘सरकार संघीयताविरोधी गतिविधिमा लागेको छ’ अध्यक्ष यादवले भने, ‘संघीयतालाई संस्थागत गर्दै संविधान संशोधनका लागि सरकारलाई समर्थन गरे पनि सरकार सोको विपरीत दिशामा लागेको छ ।’

यादवले निर्वाचनमा भाग लिएकै भरमा आफूहरुले संविधान स्वीकारिसकेको भ्रम नपाल्न प्रमुख दलहरुलाई चेतावनी समेत दिए । संविधान संशोधन नभएसम्म मुलुकमा स्थिरता आउन नसक्ने उनको भनाइ थियो ।

मुलुक संघीय गणतन्त्रमा गए पनि केन्द्रिकृत मानसिकताले संघीयतालाई कमजोर पार्ने षड्यन्त्र भएको उनले आरोप लगाए । संघीयतालाई बलियो पार्न स्थानीय तह र प्रदेशस्तरका शासन प्रशासनलाई प्रदेशस्तरमा ल्याउनु पर्ने यादवले बताए ।

संविधान निर्माणका क्रममा ठूला तीन दलले संघीयतालाई कमजोर पार्ने मानसिकताले संघीय सरकार शिक्षा र स्वास्थ्यलाई स्थानीय तहमा राखेर दयनीय बनाउने षड्यन्त्र गरेको उनको आरोप थियो ।

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारलाई कमजोर बनाई, स्थानीय सरकारलाई बढी बोझ दिएर संघीयता असफल बनाउने षड्यन्त्र भएको बताए । आफू नेतृत्वको सरकारको पहिलो प्राथमिकतामा सुशासन रहेको मुख्यमन्त्री राउतले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...