ओली–दाहाल भेटवार्ता, उपलब्धि के ?

Prachanda meet kp oli

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका लागि घोषणा गरिएको वैशाख ९ को मिति आपसमा कुरा नमिलेर टरेपछि दुई पार्टीका अध्यक्षबीच आज फेरी भेटवार्ता भएको छ ।

एमाले–माओवादी एकता संयोजन समितिले मिलाउन नसकेका कुराहरु दुबै दलका अध्यक्षलाई मिलाउन जिम्मेवारी दिएको थियो । सोही विषयमा छलफल गर्न एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल भएको हो ।

यही वैशाख ९ गते लेनिन दिवसका अवसरमा पार्टी एकता गर्ने भनिएपछि एकता टरेपछि पुनः एकताको नयाँ मिति तय गर्न दुई अध्यक्षबीच भेटवार्ता भएको हो ।

माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकताको मिति शुक्रबार नै तोकिने यसअघि नै बताएका थिए । तर, शुक्रबार पनि एकताको मिति घोषणा हुन सकेको छैन ।

यसअघि मे १ को दिन एकता घोषणा गरिने चर्चा समेत गरिएको थियो ।

माओवादीले एकीकृत पाटीृको विधानमा ‘जनयुद्ध’ शब्द राख्न गरेको प्रस्तावलाई एमालेले स्विकार गरेको छैन । यस्तै, पार्टी केन्द्रमा बराबरी हुनुपर्ने माओवादी अडान पछिल्लो समयमा केही लचिलो भएपनि सम्मानजनक एकता हुनुपर्ने माओवादीको भनाई छ ।

पार्टी एक भएपछि दुई अध्यक्षको हैसियत र प्रधानमन्त्रीको भागबण्डाका बारेमा समेत कुरा मिल्न सकेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...