कम्युनिष्टहरु प्रजातन्त्र विरोधी हुन् : नेता थापा

Gagan thapa

चितवन । नेपाली कांग्रेसका नेता गगन थापाले निर्वाचित कम्युनिष्ट शासकहरु प्रजातन्त्र जोगाउनका लागि खतरा रहेको बताएका छन् ।

नेपाली कांग्रेस चितवनले शुक्रबार भरतपुरमा आयोजना गरेको नयाँ बर्ष २०७५ को शुभकामना एवम् संगठन सुदृढिकरण तथा पुर्नजागरण अभियानको उद्घाटन समारोहमा बौल्दै थापाले संविधान जोगाउने धर्म कांग्रेसको मात्रै भएको बताएका छन् ।

कम्युनिष्ट सरकारले राज्यको स्रोत र साधनको व्यापक दुरुपयोग गर्न सक्ने भन्दै थापाले कांग्रेस अबको ५ वर्षसम्म छाया सरकार भएर प्रतिपक्षमा बस्ने बताए ।

मुलुकमा प्रजातन्त्रको स्थापना गर्न कांग्रेस राजा र कम्युनिष्टसँग निरन्तर लडिरहेको उल्लेख गर्दै थापाले राजा र कम्युनिष्टहरु स्वभावैले प्रजातन्त्र विरोधी भएको बताए ।

५ वर्ष पछि हुने निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी हुने नेता गगन थापाको दाबी छ । अहिलेको चुनावमा कांग्रेसको लज्जास्पद हार हुनुमा सबै पक्षको हात रहेको भन्दै थापाले यसबाट पाठ सिकेर अघि बढ्न नेता कार्यकर्ताहरुलाइ सुझाव दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...