पैसा दिने प्रलोभनमा ५ र ६ वर्षीया बालिका बलात्कृत

Rape attempt

रौतहट । रौतहटको गुजरा नगरपालिका–८ मा पाँच र छ वर्षका दुई बालिका एकै ब्यक्तिबाट बलात्कृत भएका छन् ।

स्थानीय रमेश रामले छिमेकी ति बालिकालाई नजिकैको बाँसघारीमा लगेर पालैपालो बलात्कार गरेको पीडितका परिवारले जनाएका छन् । घटना वैशाख १० गतेको भएपनि रामले बालिकालाई पैसा दिन्छु भनि अपराध लुकाउने प्रयास गरेका थिए ।

बालिकाले अभिभावकलाई भनेपछि बुधबार राती ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर आएका थिए । पीडितको जाहेरीको आधारमा रामलाई पक्राउ गरी मुद्दा चलाईएको डीएसपी शान्तिराज कोइरालाले बताए ।

प्रहरीले रामलाई पक्राउ गरी बिहिबार जबरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरेको छ । रामलाई अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ ।

प्रहरीले बालिकाहरुको स्वास्थ्य परीक्षण र अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाएको बताएको छ ।
पीडित परिवारले रामलाई हदै सम्मको सजायको माग गरेका छन् । बालिकाको स्वास्थ्य अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

जिल्लामा १० महिनाको अवधिमा १० वटा बलात्कारका घट्ना भएका छ

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...