वाम एकता जनताको साझा सम्पति हो : अध्यक्ष प्रचण्ड

Prachanda 20

रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वाम एकता जनताको साझा सम्पति भएको बताएका छन् ।

रौतहटको चन्द्रपुरमा आयोजित पार्टी कार्यकर्तालाई प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले भने, ‘अहिले सिंगो देशले एकता चाहेको छ, हामीले सम्मानित, न्यायोचित र समानताका आधारमा एकता गर्न सक्छौं कि सक्दैनौं भन्ने चुनौति पनि छ ।’

अध्यक्ष प्रचण्डले पार्टी एकता जनताबाट अनुमोदित बिषय भएको उल्लेख गर्दै यसमा बिलम्ब गर्नु नहुने बताए । पार्टी एकता लामो समयदेखिको अभ्यासको परिणाम भएको बताउँदै अध्यक्षले भने, ‘यो एकताको बिषय सजिलो गरी भएको होइन । कम्युनिष्टहरुबीच एकता गर्ने बिषयमा मदन भण्डारीसँग जेठको ६/७ गते छलफल गर्ने कुरा भएको थियो तर उनको बीचमै हत्या भयो ।’

शुक्रबार पार्टी एकताको कामलाई अन्तिम रुप दिने अध्यक्ष प्रचण्डको भनाई थियो । अध्यक्ष प्रचण्डले एकता भाँड्न विदेशी शक्ति केन्द्र पनि उत्तिकै रुपमा लागिपरेको बताउँदै एकता प्रक्रियाको अन्तिम लडाईंमा आ–आफ्ना ठाउँबाट उत्रन कार्यकर्ताहरुलाई आव्हान गरे । अहिलेको देशको समृद्धि नै मुख्य कार्यभार भएको बताउँदै यसलाई पुरा गर्न सबैको कर्तव्य भएको उनको धारणा थियो ।

प्रतिकृया दिनुहोस